खराब समयको संकेत गर्ने यी हुन् ५ सपना « Khabarhub

खराब समयको संकेत गर्ने यी हुन् ५ सपना


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सपना देख्नु नौलो कुरा होइन । सबैले राति निदाएको बेलामा सपना देख्ने गर्दछन् । स्वप्न शास्त्रका अनुसार सपना २ प्रकारको हुन्छ । पहिलो राम्रो सपना जसले सकारात्मक हुने संकेत गर्दछ भने दोश्रो नराम्रो वा अशुभ सपना जसले नकारात्मकता तर्फ संकेत गर्दछ । यस्तोमा कस्ता सपनालाई खराब मान्ने त ?

१. सपनामा बिरालो देख्नु
यदि सपनामा बिरालो देखे यसलाई शुभ मानिँदैन । यस्ता, सपना समय खराब रहेको संकेत दिने गर्दछ । यसका साथै भविष्यमा कसैबाट विश्वासघात हुने संकेत पनि गर्दछ ।

२. सपनामा भूकम्प देख्नु
यदि कसैले सपनामा भूकम्प देख्यो भने यसलाई पनि अशुभ मानिन्छ । मान्यता अनुसार यस प्रकारका सपना देख्नुको अर्थ सन्तानको भविष्यमा संकट आउनु हो ।

३. सपनामा जन्ती देख्नु
सपनामा कसैको विवाह वा जन्ती देख्नु वा बिहेको बाजा बजेको देख्नु राम्रो मानिँदैन । यस प्रकारका सपनाले जीवनमा कुनै समस्या वा संकट आउने संकेत गर्दछ ।

४. सपनामा सुकेको बगैँचा देख्नु
यदि कसैले सपनामा कुनै बगैँचा सूकेको वा हरियालीविहिन देख्यो भने यसले गम्भीर कष्ट तर्फ संकेत गर्दछ ।

५. सपनामा कीरा मकौडा देख्नु
यदि कसैले सपनामा कमिला वा कुनै पनि किरा मकौडा देख्छ भने यसले उसको जीवनमा आउने समयमा कष्ट पाउने संकेत गर्दछ । यस्ता सपनामा जति धेरै मात्रामा कीरा देखिनछ उति धेरै समस्याको सामना गर्नुपर्ने मान्यता छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ५ : ०५ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच