बेहुली लिन गएका बेहुलालाई कोरोना देखिएपछि… « Khabarhub

बेहुली लिन गएका बेहुलालाई कोरोना देखिएपछि…


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाह भन्ने बित्तिकै यसले विवाहबन्धनमा बाधिने तयारीमा रहेका बेहुला बेहुलीमा उत्साह बढाउँछ । बेहुलाले घरबाट जन्ती लिएर बेहुलीको घरमा पुग्ने र त्यहाबाट विवाह गरी बेहुलीसहित बेहुलाको घर फर्कने परम्परा छ । तर कुनै बेहुला जन्ती लिएर घरबाट निस्कने बेलामा कोरोना संक्रमणको परिक्षणमा पोजेटिभ आए के हुन्छ होला ?

भारतको उत्तर प्रदेशस्थित हमीरपुर जिल्लाको एक क्वारेन्टीन सेन्टरमा एक युवा कोरोना पोजेटिभ भेटीए । जो जोडतोडका साथ विवाहकालागि जन्ती लिएर बेहुला बनी घरबाट निस्किएका थिए । यतिकैमा उनको कोरोना परिक्षणको रिपोर्ट आयो र उनी कोरोना पोजेटिभ देखिए । जसका कारण युवकलाई प्रहरीले रोक्यो र क्वारेन्टीन सेन्टरमा पठायो ।

हमीरपुरको सिसोलर थाना क्षेत्रको बक्चो गाँउमा धर्मेन्द्र नामका युवा क्वारेन्टिमा थिए । यतिकैमा विवाहको मिति निर्धारण भएपछि उनी विवाह गर्न क्वारेन्टीनबाट निस्किएर घर पुगे । उनी असगहा तमौरा गाँउमा जन्तीसहित जाने तयारीमा थिए । तर जन्ती निस्कनु अघि उनले क्वारेन्टिबाट निस्केर आउँदा दिएको परिक्षणको नतिजा आयो । जहाँ उनी कोरोना पोजेटिभ पाइयो । जसका कारण उनलाई प्रहरीले रोकेर क्वारेन्टिन नै पठायो । उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले अब उनको विवाह रिपोर्ट नेगेटिभ आएपछि हुने बताइएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १२ : ३१ बजे

अर्चनाको गुनासो : कपिलको शोले अभिनय करिअर रोक्यो

काठमाडौं – बलिउड नायिकाको सफल करिअरपछि कमेडी शो ‘द कपिल

शान्तिश्री र मोतिराजको स्वरमा ‘बिर्सु कसरी’

काठमाडौं – गायिका शान्तिश्री परियार र गायक मोतिराज खनालको स्वरमा

युद्धविराममाथि संकट, अमेरिका–इरान तनाव चुलिँदै

एजेन्सी– मेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै

तीन दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने 

काठमाडौं– नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा तीन हजार