बाजुरामा १ हजार ६१८ ले लगाए कोरोना विरुद्धको खोप  « Khabarhub

बाजुरामा १ हजार ६१८ ले लगाए कोरोना विरुद्धको खोप 


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– नौ वटै स्थानीय तहमा शुरु भएको खोप अभियानअन्तर्गत बाजुरामा हालसम्म एक हजार ६ सय १८ जनाले ‘भेरोसेल’ खोप लगाएका छन् ।

चीन सरकारको सहयोगमा नेपाल सरकारले लगाउन शुरु गरेको सो खोप जिल्लामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समुहलाई उपलब्ध गराइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।

बाजुरामा गत जेठ २७ देखि ३० गरी ४ दिनसम्म सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका नौ वटै स्थानीय तहका १ हजार ६ सय १८ जनाले ‘भेरोसेल’ खोप लगाएको पन्तले बताए ।

जिल्लामा ४१ खोप केन्द्रबाट ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका बृद्धबृद्धालाई खोप लगाइएको थियो ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १० : ४५ बजे

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड