तामाकोशी नदी थुनिएको भन्दै प्रशासनद्वारा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध « Khabarhub

तामाकोशी नदी थुनिएको भन्दै प्रशासनद्वारा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिरोले तामाकोशी नदी थुनिएको सूचना प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले नदी किनाराका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।

चीनको तिब्बतमा तामाकोशी नदी थुनिएको हुँदा बाढीको खतरा रहेको भन्दै सुरक्षित र सतर्क रहन जिल्ला प्रशासनले अनुरोध गरेको हो ।

रोङसिया सहर तथा सो क्षेत्रमा भारी वर्षा भइरहेको र पहिरो जाँदा तामाकोशी नदी थुनिएको सूचना प्राप्त भएको प्रशासनले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘भारी वर्षाका कारण सो क्षेत्रमा गएको पहिरोले नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त हुन आएकोले सोको कारणले कुनै पनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने हुँदा नेपाल-चीन सीमा नजिकको बस्ती लगायत तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना देखिएकोले सो क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्णमा सजक रहन एवं कुनै खतराको संकेत प्राप्त हुँना साथ सुरिक्षत स्थानतर्फ जान अनुरोध गरिन्छ ।’

थुनिएको नदी कुनै पनि समय फुटेर बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन अनुरोध गरेको हो ।

बाढी सम्बन्धी जानकारी दिने सरकारको आधिकारिक ट्वीटरमा समेत यस्तो लेखिएको छ-

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी सूचना

 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ११ : ०१ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा