तामाकोशी नदी थुनिएको भन्दै प्रशासनद्वारा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध « Khabarhub

तामाकोशी नदी थुनिएको भन्दै प्रशासनद्वारा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिरोले तामाकोशी नदी थुनिएको सूचना प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखाले नदी किनाराका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।

चीनको तिब्बतमा तामाकोशी नदी थुनिएको हुँदा बाढीको खतरा रहेको भन्दै सुरक्षित र सतर्क रहन जिल्ला प्रशासनले अनुरोध गरेको हो ।

रोङसिया सहर तथा सो क्षेत्रमा भारी वर्षा भइरहेको र पहिरो जाँदा तामाकोशी नदी थुनिएको सूचना प्राप्त भएको प्रशासनले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘भारी वर्षाका कारण सो क्षेत्रमा गएको पहिरोले नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त हुन आएकोले सोको कारणले कुनै पनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने हुँदा नेपाल-चीन सीमा नजिकको बस्ती लगायत तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना देखिएकोले सो क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्णमा सजक रहन एवं कुनै खतराको संकेत प्राप्त हुँना साथ सुरिक्षत स्थानतर्फ जान अनुरोध गरिन्छ ।’

थुनिएको नदी कुनै पनि समय फुटेर बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन अनुरोध गरेको हो ।

बाढी सम्बन्धी जानकारी दिने सरकारको आधिकारिक ट्वीटरमा समेत यस्तो लेखिएको छ-

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी सूचना

 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ११ : ०१ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार