प्रदेश सरकारले ल्याएको बजेटले संघीयतालाई कमजोर पार्ने देखियो : कांग्रेस « Khabarhub

प्रदेश सरकारले ल्याएको बजेटले संघीयतालाई कमजोर पार्ने देखियो : कांग्रेस


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दल वाग्मती प्रदेशले प्रदेश सरकारले ल्याएको बजेटले संघीयतालाई सुदृढ पार्ने नभई कमजोर पार्ने देखिएको टिप्पणी गरेको छ ।

शनिबार काठमाडौँमा प्रदेशसभा सरकारले सार्वजनिक गरेको बजेटका विषयमा कांग्रेस संसदीय दल वाग्मती प्रदेशले आयोजना गरेको छलफल कार्यक्रममा इन्द्रबहादुर बानियाँले वाग्मती प्रदेश सरकारले संघीयता बलियो बनाउने भन्दा पनि कमजोर र अंशुक लगाउने गरि बजेट ल्याएको टिप्पणी गरेका हुन् ।

उनले बजेटमा सरकारले खोपको उचित व्यवस्थापन गर्न नसकेको र बजेटमा पनि खोपका विषयमा स्पष्ट कुरा नभएको जिकिर गरे । बानियाँले कोरोना महामारीपछिको अवस्थामा जनतामा परेको समस्यामा पनि सरकार मौन देखिएको आरोप लगाएका छन् । त्यस्तै उनले बजेटलाई हेर्दा समृद्धिको यात्रामा अघि बढ्न नसक्ने र जनताप्रति पनि लक्षित नदेखिएको बताए ।

कार्यक्रममा वाग्मती प्रदेशसभाका कांग्रेस सदस्यहरु र स्थानीय तहका कांग्रेसका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : ०१ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको