जापानमा रहेका नेपालीले प्राकृतिक चिकित्सालयलाई गरे ल्याब सहयोग « Khabarhub

जापानमा रहेका नेपालीले प्राकृतिक चिकित्सालयलाई गरे ल्याब सहयोग


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पूर्वी नवलपरासीको देवचुली नगरपालिका – १६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई जापानमा बसेका नेपालीहरुले ल्याब सहयोग गरेका छन् ।

नवलपुर समाज जापानले चिकित्सालयलाई ११ लाख बराबरको ल्याब उपकरणहरु सहयोग गरेको हो । शनिवार आयोजित एक कार्यक्रममा समाजका संस्थापक अध्यक्ष केशव पौडेलले चिकित्सालयमा ल्याब स्थापना तथा सञ्चालनका लागि उपकरणहरु हस्तान्तरण गरे ।

चिकित्सालयमा ल्याब उपकरणहरु नहुँदा सामान्य परीक्षणका लागि पनि अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको अस्पतालका निर्देशक डा. विनोद पौडेलले बताए । जापानमा श्रम खर्चिएको गरेको सहयोगबाट ल्याब उपकरणहरु जोडिएपछि बिरामीले सहज र सुलभ सेवा पाउने उनले बताए । ल्याब उपकरणहरुबाट रगत परीक्षणहरु गर्न सकिने डा. पौडेलले बताए ।

कार्यक्रममा संविधानसभाका सदस्य महेन्द्रध्वज जिसीले विदेशमा रहेका नेपालीले पठाएको उपकरणहरुको सदुपयोग गर्न आग्रह गरे । उनले उपकरणहरु गोदाममा थन्किएको खबरहरु सुन्ने अवस्था नल्याउन पनि चिकित्सालय प्रशासनलाई आग्रह गरे ।

कोरोना संक्रमणका कारण जिल्लामा निषेधाज्ञा लागू गरिएपछि झण्डै दुई महिनादेखि उक्त चिकित्सालय बन्द रहेको छ । कोरोनाको पहिलो संक्रमणका क्रममा गत वर्ष कोभिड अस्थायी अस्पताल बनाइएको थियो । प्राकृतिक उपचारबाट शत प्रतिशत कोरोना संक्रमितलाई निको पारेर चिकित्सालय चर्चा कमाएको थियो ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : १० बजे

‘बाढी पीडितमाथि अनावश्यक टिप्पणी र थप पीडा दिननेप्रति सरकार निर्मम हुन्छ, कारबाही गर्छौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व