यस्तो छ अमेरिकामा ग्रिनकार्ड पाउन लाग्ने अवधि र फाइल गर्न पाउने मिति « Khabarhub

यस्तो छ अमेरिकामा ग्रिनकार्ड पाउन लाग्ने अवधि र फाइल गर्न पाउने मिति


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको जुलाई महिनाको नयाँ भिसा बुलेटिनमा विभिन्न श्रेणीमा ग्रिनकार्ड पाउन लाग्ने अवधि र ग्रिनकार्ड फाइल गर्न पाउने मिति उल्लेख गरिएको छ ।

बुलेटिमा उल्लेख भएअनुसार ग्रिनकार्ड फाइल गर्ने व्यक्ति अमेरिकामा नै रहेको खण्डमा प्राथमिकता मितिका आधारमा स्टाटस एड्जस्टका लागि आई ४८५ फाइल गर्न सक्छन् । अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा भिसा बुलेटिनका आधारमा आफ्नो ग्रिनकार्डका लागि लाग्ने अवधि थाहा पाउन सक्छन् ।

अमेरिकन नागरिकका २१ बर्षमाथिका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि अहिले झण्डै ६ बर्ष ९ महिना रहेको भिसा बुलेटिनमा उल्लेख छ । अर्थात् यो श्रेणीमा नोभेम्बर १५, २०१४ भन्दा अगाडि आवेदन दिएकाहरुले जुलाई महिनामा ग्रिनकार्ड पाउन सक्नेछन् ।

तर अमेरिकाभित्रै रहेको खण्डमा १५ मे २०१६ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले जुलाईमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्छन् । जुनको भिसा बुलेटिनको तुलनामा यो अवधि झण्डै साढे २ महिना घटेको छ ।

त्यस्तै ग्रिनकार्डबाहकका दम्पत्ति र २१ बर्ष ननाघेका छोराछोरीहरुका लागि जुलाई महिनामा पनि भिसा करेन्ट रहेको छ । अमेरिकामा हुनेहरुले आई १३० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न जुनमा पनि प्रतिक्षा गर्नुपर्दैन, एकसाथ फाइल गर्न सक्छन् । अमेरिकाबाहिर हुनेहरुको सन्दर्भमा नेशनल भिसा सेन्टरले भिसाको प्रतीक्षा नगरी सरासर प्रक्रिया अगाडि बढाउँछ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : २५ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति