शौचालयसहितको पक्की घर पाउँदै बर्दिबासका सुकुम्वासी | Khabarhub Khabarhub

शौचालयसहितको पक्की घर पाउँदै बर्दिबासका सुकुम्वासी


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बर्दिवास– वर्षौंदेखि भूमिहीन रहेका महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका गरिब जनता अब पक्की घरमा बस्न पाउने भएका छन् । नगर क्षेत्रभित्रका सुकुम्वासी  नागरिकका लागि नगरपालिकाले पक्की घर निर्माणको काम थालेपछि यहाँका गरिबले अब पक्की घरमा बस्न पाउने भएका हुन् ।

जनता आवास कार्यक्रमअन्तर्गत बुधबार बर्दिवास–१३ विजलपुराको मुसहरीटोलबाट पक्की घर निर्माण काम थालिएको हो । यस कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०७५/७६ भित्र ३६ घर निर्माण गरिने नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए ।

नगरपालिकाले पहिलो चरणमा वडा नं. ६, ८ र १२ मा पक्की घर बनाउने काम थालेको छ । वडा कार्यालयले सिफारिस गरेका सुकुुम्वासी, भूमिहीन र गरीबका लागि पक्कीघर निर्माणको काम थालिएको प्रमुख कार्कीको भनाइ छ ।

अव्यवस्थित बस्ती, भूमिहीन, घर नभएका र पराले झुप्रोमा गुजारा गर्दै आएका गरीबलाई यस कार्यक्रममा छनोट गरिएको छ । पहिलो प्राथमिकतामा मुसहरका लागि घर निर्माण हुने नगरपालिका कार्यालयले जनाएको छ ।

निमार्ण हुने घरको नमूना शहरी विकास मन्त्रालयबाट सिफारिस भएअनुसार भूकम्प प्रतिरोधी हुने नगरपालिकाका प्रमुख इञ्जिनीयर टेकबहादुर कटुवालले जानकारी दिए ।

४ कोठे यी घरमा शौचालय, सडक, विद्युत् र खानेपानीको सुविधासमेत रहने कटुवालको भनाइ छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत तराई–मधेश समृिद्ध कार्यक्रम र नगरपालिकाको संयुक्त बजेटमा करीब रु तीन करोडको लागतमा पहिलोचरणका ३६ घरको काम थालिएको हो ।

एक तले भूकम्पप्रतिरोधी घर निमार्ण गर्न एक घरमा रु सात लाख ५० हजार लाग्ने प्रमुख इञ्जिनीयर कटुवालले जानकारी दिए ।

यसबाहेक नगरपालिकाले फुसका घरको छानो फेर्ने कार्यक्रमसमेत अघि सारेको छ । गरीब विपन्न जनताको घरमा खर, परालले छाएको घरलाई स्तरोन्नति गरिने नगरप्रमुख कार्कीको भनाइ छ ।

यसका लागि एक घरमा रु ५० हजार बजेट छुट्याइएको छ । पहिलोचरणमा यस कार्यक्रममा ८० वटा घरको छानो फेरिने नगरपालिका कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १ : ०२ बजे

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

कञ्चनपुर– कृष्णपुर नगरपालिका–५ गजरौला बजारको एक कुनामा बिहानैदेखि धुवाँको मुस्लो,

एक वर्षमा ७८ केजी मानव नमूना आयात-निर्यात

काठमाडौँ – गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले मानव शरीरको

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

सिन्धुली– दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगङ्गा महादेव मन्दिरमा सोमबार हत्या गरिएका

बसको ठक्करबाट ७१ वर्षीया वृद्धाको मृत्यु

भादगाउँ– बसको ठक्करबाट मंगलबार पैदलयात्री ७१ वर्षीया वृद्धा सुवर्णकेशरी श्रेष्ठको

स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना