आफूनिकटका केन्द्रीय सदस्यसँग छलफलमा कांग्रेस सभापति देउवा « Khabarhub

आफूनिकटका केन्द्रीय सदस्यसँग छलफलमा कांग्रेस सभापति देउवा


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका केन्द्रीय सदस्यहरूसँग छलफल थालेका छन् ।

आगामी महाधिवशेनमा पनि सभापति उठ्ने बताएका देउवाले त्यसैको तयारीस्वरूप निकट नेताहरूसँग छलफल थालेको बुझिएको छ ।

बिहान १० बजेदेखि बुढानिलकण्ठस्थित निवासमा देउवाले वाग्मती प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका छन् ।

बैठकमा सिटौला निकट मानिने कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाँई  पनि सहभागी भएका छन् । आजै देउवाले अपराह्न ३ बजे गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग पनि छलफल गर्दैछन् । शनिबार उनले प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग छलफल गरेका थिए ।

कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १० : ३० बजे

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको