भारतमा ८१ दिनपछि सबैभन्दा कम संक्रमण | Khabarhub Khabarhub

भारतमा ८१ दिनपछि सबैभन्दा कम संक्रमण


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन् । यो सङ्ख्या ८१ दिनपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ५८ हजार ४९१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।

त्यसैगरी सोही अवधिमा भारतमा कोरोनाका कारण थप एक हजार ५७६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ८७ हजार ९१७ रहेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ९८ लाख ८१ हजार ९६५ रहेको छ । ती मध्ये सात लाख २९ हजार २४३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएरपनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ८७ लाख ६६ हजार नौ रहेको छ । अहिलेसम्म ९६.२७ प्रतिशत सङ्क्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार शनिबारसम्म ३९ करोड १० लाख १९ हजार ८३ पटक कोभिड–१९ परीक्षण गरिएको छ । ती मध्ये शनिबार १८ लाख ११ हजार ४४६ नमुना परीक्षण गरिएको हो ।

त्यसैगरी भारतमा अहिलेसम्म २७ करोड ६६ लाख ९३ हजार ५७२ डोज कोरोनाविरुद्धको खोप प्रयोग भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १ : ४८ बजे

हैदरावादलाई हराउँदै कोलकाताले जित्यो आईपीएलको उपाधि

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि कोलकाता

महानगरले यसरी काटेको थियो जुद्ध शालिकको सडक (तस्बिरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गर्ने भन्दै न्युरोडस्थित जुद्ध शालिकदेखि

नासाद्वारा जलवायु परिवर्तनसम्बन्धी भू–उपग्रह प्रक्षेपण

वासिङ्टन – पहिलो पटक पृथ्वीको ध्रुवबाट बाहिर निस्केको ताप नाप्ने

आजको अर्थसंक्षेप : सरकारको बेरुजु १४ प्रतिशतले बढ्योदेखि नेप्सेकाे ओरालो यात्रासम्म

काठमाडाैं । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६१ औँ प्रतिवेदनअनुसार

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द

बाँके – गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा