नासोँ पहिरोमा : अझै पुग्न सकेनन् सुरक्षाकर्मी « Khabarhub

नासोँ पहिरोमा : अझै पुग्न सकेनन् सुरक्षाकर्मी


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– मनाङको नासों गाउँपालिकाको बाढीपहिराबाट क्षतिग्रस्त क्षेत्रमा अहिलेसम्म सुरक्षा निकाय पुग्न सकेको छैनन् । यही असार १ गतेदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रका स्थानीयवासी विस्थापित भएका बताइएको छ । एक स्थानबाट अर्को स्थानमा जानै नसकिने गरी बाढीपहिराले नासों क्षेत्रलाई कटान गरेपछि सम्बन्ध विच्छेद नै बनाइदिएको छ ।

नासो–१ ताल गाउँ, ३ धारापानी, ४ ओडार, ५ थोँचे, ६ र ७ तिल्चे र ८ ताचै बाढीपहिराबाट सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र हो । प्रभावित स्थानको केही सुरक्षित स्थानमा बसेका स्थानीयवासीमा विभिन्न समस्या देखापर्न थालेको छ ।

पहिलो चरणमा नै प्रभावित क्षेत्रमा खाद्यान्न र खानेपानीको समस्या आएको स्थानीय बासिन्दाले बताएका छन् । बाढीपहिराबाट स्थानीय विस्थापित भएको आज ६ दिन बितिसकेको छ । जिल्लाका कुनै पनि सुरक्षा निकाय स्थलगत निरीक्षणमा नआएको स्थानीयवासीले गुनासो गरेका छन् ।

वर्षाको शुरुआतमै जिल्लालाई बाढीपहिराले उठीबास लगाएको हो । बाढीपीडित परिवारले बाढीपहिराले वितण्डा मच्चाएको र अबका दिन आफूहरू कहाँ बस्ने, के गर्ने भन्ने विषयमा सोच्न नसकेको बताएका छन् । पीडितले तत्कालका लागि भए तापनि गाँस, बास र कपासका खाँचो भएको रहेको जनाउँदै सहयोगका लागि सरकार र दाताहरूसँग हारगुहार मागिरहेका छन् ।

सशस्त्र प्रहरी बल नं ३२ गुल्म, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उक्त स्थानमा जाने प्रयास भइरहेको र निरन्तर वर्षाले अबरोध पुर्‍याएको जनाइएको छ ।

जिल्लाको तल्लो भेगमा गत मङ्गलबार मर्स्याङ्दी नदीमा आएको बाढील बस्तीहरू डुबानमा परेको छ । अहिले बस्ती सबै बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । जिल्लाको चार स्थानीय तहमध्ये तीन स्थानीय तहमा पूर्णरूपमा क्षति पुगेको छ ।

जिल्लाको विभिन्न स्थानमा रहेका आठ झोलुङ्गे र दुईवटा पक्की पुल बाढीपहिराले बगाएको उनले बताए । जिल्लामा पहिलोपटक विभिन्न स्थानीय खोला र मस्र्याङ्दीमा आएको बाढीपहिराबाट ठूलो क्षति भएको यहाँका स्थानीयवासीले बताएका छन् ।

पुलमात्र होइन यहाँ जलविद्युत्, सडक, सञ्चारका तार पनि बाढीले बगाएर लगेको छ । यहाँका सरकारी कार्यालय, वित्तीय संस्था, होटेल, टहरा र घरहरूमा पूर्णरूपमा क्षति पुर्‍याएको छ । बाढीले पुल, सडक बगाएपछि यातायातका बाटो पूर्णरूपमा सम्बन्ध विच्छेद भएको छ । जिल्लाभरि दुई सय घरपरिवारका एक हजार नागरिक पूर्णरूपमा विस्थापित भएको प्रशासनले जनाएको छ ।

७० प्रतिशत सडकमा क्षति

बाढीपहिराका कारण यहाँ करीब ७० प्रतिशत सडकमा क्षति पुगेको छ । यस वर्षको मनसुनको शुरुआतमै अत्यधिक वर्षा हुँदा जिल्लामा व्यापक क्षति पुगेको हो । पहिराको जोखिम अझै कायमै रहेको प्रहरीले जनाएको छ ।

यसैबीच चामे गाउँपालिका वडा नं ४ र ५ मा थुनिएको मस्र्याङ्दी नदी खोलिएको छ । सशस्त्र प्रहरी र स्थानीय प्रशासनको समन्वयमा थुनिएको नदी खुलाइएको हो । शनिबार दिउँसो वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको थियो । निरन्तर वर्षा भइरहँदा चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मस्र्याङ्दी नदी थुनिएको थियो ।

तत्कालका लागि जोखिम टरे पनि जोखिम भने कायम नै रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ३ : ५९ बजे

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी