'हाम्रो टिम' र अनामनगरबासीबीच विवाद, सार्वजनिक जग्गा कब्जा गर्न खोजेको स्थानीयको आरोप | Khabarhub Khabarhub

‘हाम्रो टिम’ र अनामनगरबासीबीच विवाद, सार्वजनिक जग्गा कब्जा गर्न खोजेको स्थानीयको आरोप


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा नम्बर – २९ अनामनगरमा रहेको सार्वजनिक जग्गा ‘हाम्रो टिम’ नामक सामाजिक संस्थाले जबरजस्ती कब्जा गर्न लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

एक वर्षदेखि लकडाउनको समस्यामा परेकालाई खाना खुवाउने काम गरिरहेको हाम्रो टिमलाई सामाजिक कामका लागि प्रयोग गर्न सो जग्गा दिएको र अहिले छोड्न नमानेको स्थानीयको आरोप छ । संस्थाले सार्वजनिक जग्गामा पार्क बनाउन समेत अवरोध गर्नुका साथै स्थानीयको घर घेराउ गर्ने जस्ता कार्य गर्न खोजेको उनीहरुले बताएका छन् ।

स्थानीय क्लबले सञ्चालन गरिरहेको सो सार्वजिनिक जग्गामा सार्वजनिक काम गर्न आफूहरुलाई आपत्ति नरहेको तर स्थानीयलाई धम्काउने र जग्गा कब्जा गर्ने कार्य आफूहरुलाई स्वीकार्य नभएको सामाजिक विकास समाज अनामनगरका महासचिव रैका मगरले जानकारी दिए ।

यता हाम्रो टिम नेपालका अध्यक्ष बिमल पन्तले काठमाडौँ महानगर र स्थानीयसँगको अनुमतिमा नै निर्माण गरिएको बताए । उनले पार्क बनाउनका लागि आफूहरुलाई हटाउन खोजेको भन्दै आपत्ति जनाए । उनले आफूहरुलाई हटाउनका लागि सुनियोजित योजना बनाइएको आरोप लगाए ।

पन्तले आफूहरुले पार्क बनाउन ठाँउ छाड्ने र खाद्यान्न तथा लत्ताकपडा राख्न ठाँउ दिनुपर्ने माग गरे ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ४ : ३० बजे

न्याय सङ्गत ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग

काठमाडौं – संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा

मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु

मुस्ताङ – मुस्ताङ थासाङ गाउँपालिका स्थित थाक सातसय क्षेत्रको सामुहिक

साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंलाई सफाइ

काठमाडौं- राजावादी आन्दोलनका क्रममा दुईजनाको ज्यान जाने गरि गत चैत

नीलडामसहितको अनुहार सार्वजनिक गर्दै विष्णुलक्षित एलिनाको टिप्पणी– म चुप लाग्दिनँ

काठमाडौं – पूर्वपति विष्णु सापकोटाले सम्बन्धबिच्छेदबारे रक्षात्मक धारणा सार्वजनिक गरेपछि