नेप्से ६३ दशमलब २८ अंकले घट्यो, करिब १२ अर्बको कारोबार « Khabarhub

नेप्से ६३ दशमलब २८ अंकले घट्यो, करिब १२ अर्बको कारोबार


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजार ठूलो अंकले घटेको छ । कारोबार शुरु भएको केही मिनेटसम्म उकालो लागेको शेयर कारोबार मापक नेप्से परिसूचकमा बजार बन्दा हुँदा उच्च अंकको गिरावट आएको छ ।

३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९ सय ५ मा रोकिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश कम्पनीहरुको शेयर मूल्य घटेर बजार समूहगत सबइन्डेक्सहरु सबै राताम्मे देखिएका छन् ।

नेप्से परिसूचक ६३ दशमलव २८ अंकले घटेर २ हजार ९ सय ०५ दशमलब ३२ अंकमा झरेको छ । नेप्से परिसूचक ठूलो अंकले घट्दा कारोबार रकम भने यस अघिको कारोबार भन्दा थोरै सुधारिएको छ । गत बिहीबार ११ अर्ब भन्दा कमको कारोबार भएकोमा आइतबार भने करिब १२ अर्बको कारोबार भएको छ ।

दिनभर भएका १ लाख २८ हजार २ सय ८१ कारोबारबाट २३० कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५ सय कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २ सय ८९ रूपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ५ : १२ बजे

गगनसँग भेटेर शेरखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले