संक्रमण घटेपछि भारतमा रेष्टुरेन्ट, पार्क र छायांकन खुला « Khabarhub

संक्रमण घटेपछि भारतमा रेष्टुरेन्ट, पार्क र छायांकन खुला


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण कम भएपछि भारतमा आजदेखि रेष्टुरेन्ट, पार्क र छायांकन खुला गरिएको छ ।

संक्रमण घटेपछि भारतका अधिकांश राज्यहरुले यसअघि प्रतिबन्ध लगाइएका विभिन्न गतिविधिहरू खुला गरेका छन् । उत्तर प्रदेशमा दुई महिनाको प्रतिबन्धपछि आजदेखि रेष्टुरेन्ट खुला भएका छन् । रेष्टुराँ तथा होटलमा ५० प्रतिशत उपस्थितिमा हप्ताको पाँच दिन खोल्न दिइएको हो ।

यस्तै शनिबार र आइतबार बाहेक बिहान ७ बजेदेखि राति ९ बजेसम्म नै पसलहरु सञ्चालनको अनुमति दिइएको छ ।

राजधानी नयाँ दिल्लीमा पनि आजदेखि रेष्टुराँ, बार, सार्वजनिक पार्क तथा उद्यानहरु खुला भएका छन् । उत्तराखण्डमा पनि बजार तथा रेष्टुराँहरु खुला भएका छन् । कर्नाटकमा आउटडोर छायांकनको समेत अनमति दिइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुई महिना अघिसम्म दैनिक ४ लाखसम्म संक्रमित भएको भारतमा पछिल्लो १४ दिनदेखि संक्रमितको संख्या १ लाखभन्दा कम भएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १० : १५ बजे

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान

देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत

 काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन

कहिले आउँदैछ ‘जिरो डिग्री’ ?, घोडामाथि विजयको अनौठो अवतार

काठमाडौं– फिल्मको नाम ‘जिरो डिग्री’, पोस्टरमा घोडामाथि सवार अभिनेता विजय