दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

दुर्घटनामा दुई जनाको मृत्यु


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४/४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र पोखराबाट पर्वत जाँदै गरेको ग२०प ६०३० नम्बरको मोटरसाइकल आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित पोखरा–बाग्लुङ सडकखण्डको लक्ष्मीदेउराली पत्थरढुङ्गामा एकापसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुवैजनालाई उपचारका लागि पोखरा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० बस्ने २५ वर्षीय सुरेश माझी र दुवै सवारी साधनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको प्रनाउ हमालले जानकारी दिए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १० : ३० बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै