गठबन्धन सुदृढ बनाउन देउवा निवासमा छलफल | Khabarhub Khabarhub

गठबन्धन सुदृढ बनाउन देउवा निवासमा छलफल


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आगामी रणनीति तय गर्नका लागि बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा गठबन्धनलाई कसरी सुदृढ बनाउने भन्ने बारेमा छलफल भएको बैठकमा सहभागी माओवादी नेता देव गुरुङले जानकारी दिए ।

‘गठबन्धनको बैठक निरन्तर बस्ने प्रक्रियाअनुसार आजको बैठक बसेको हो । बैठकमा गठबन्धनलाई कसरी सुदृढ र प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भयो’, उनले भने ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री पूर्णबहादुर खडका सहभागी थिए । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी थिए । बैठकमा एमालेबाट निष्कासित नेताहरु वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल सहभागी थिए ।

बैठकमा जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईलगायत सहभागी थिए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १२ : ३० बजे

डोनबास रुसलाई दिने कुरा स्वीकार्य हुँदैन : जेलेन्स्की

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध विरामका लागि डोनबास

चार दिनपछि खुल्यो कालीगण्डकी करिडोर

बागलुङ – चट्टानसहितको ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोरको

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन २८ गते बुधबार। भाद्र

आज २०८२ साल साउन २८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २८ गते बुधबार। भाद्र