गठबन्धन सुदृढ बनाउन देउवा निवासमा छलफल « Khabarhub

गठबन्धन सुदृढ बनाउन देउवा निवासमा छलफल


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आगामी रणनीति तय गर्नका लागि बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा गठबन्धनलाई कसरी सुदृढ बनाउने भन्ने बारेमा छलफल भएको बैठकमा सहभागी माओवादी नेता देव गुरुङले जानकारी दिए ।

‘गठबन्धनको बैठक निरन्तर बस्ने प्रक्रियाअनुसार आजको बैठक बसेको हो । बैठकमा गठबन्धनलाई कसरी सुदृढ र प्रभावकारी बनाउने भन्ने बारेमा छलफल भयो’, उनले भने ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री पूर्णबहादुर खडका सहभागी थिए । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी थिए । बैठकमा एमालेबाट निष्कासित नेताहरु वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल सहभागी थिए ।

बैठकमा जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईलगायत सहभागी थिए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १२ : ३० बजे

म्याग्दीका पशुगोठ गर्मी छल्न लेक उक्लन थाले

म्याग्दी– गर्मी बढ्न थालेपछि म्याग्दीका घुम्ती पशु गोठहरू हिमाली भेगका

गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शन, चार जना पक्राउ

काठमाडौं– पछिल्लो समय अनेक विवादमा परेका गृहमन्त्री सुधन गुरुङको राजीनामा

पद्मकन्या स्ववियू सभापति भूपी भन्छिन्– सरकारविरुद्ध कानूनी बाटो रोज्छौँ

काठमाडौं- सरकारले विश्वविद्यालय तथा क्याम्पसहरूबाट राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठन हटाउने

एम्नेस्टी इन्टरनेसनलको रिपोर्ट : नेपालमा शान्तिपूर्ण भेला स्वतन्त्रता संकुचित

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ मा नेपालमा शान्तिपूर्ण भेला हुन

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौं– देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर(लु) को