निधि निवासमा सिंह र कोइराला, महाधिवेशन केन्द्रित छलफल « Khabarhub

निधि निवासमा सिंह र कोइराला, महाधिवेशन केन्द्रित छलफल


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आशन्न १४ औँ महाधिवेशनमा सभापति पदका दावेदार नेपाली कांग्रेसको तीन नेताबीच भेटवार्ता भएको छ ।

कांग्रेसको संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरुबीच आफू नेतृत्वमा जाने गरी दौडधुप शुरु भएको हो ।

महेन्द्रनारायण पुत्र एवं पार्टी उपसभापतिसमेत रहेका विमलेन्द्र निधिले बीपी पुत्र डा. शशांक कोइराला र गणेशमान पुत्र प्रकाशमान सिंहलाई आफ्नै घरमा बोलाएर छलफल गरेका छन् ।

फेरि एकपटक सभापति पदका लागि आकांक्षा राख्दै पार्टी सभापति शेरबहादुर देउवाले प्रदेश तहमा परामर्श बढाएपछि तीन नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

निधीले आफ्नो वैवाहिक वर्षगाँठ पारेर खानाको निम्ता दिएर बानेश्वरस्थित निवासमा बोलाएका हुन् । यद्यपि, उक्त भेटमा पार्टीको आगामी महाधिवेशनका विषयमा तीन नेताबीच छलफल भएको छ ।

निधिले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने र त्यसबाट आफूपछि नहट्ने जनाइसकेको अवस्थामा उनीहरुबीच एकले अर्कालाई समर्थन गर्ने कुरा भएको स्पष्ट छ ।

भेटमा सहभागी नेता सिंहले महाधिवेशनका विषयमा छलफल गरेपनि महाधिवेशन केन्द्रित भएर कुनै निर्णय भने गरिनसकेको बताएका छन् । संवादलाई निरन्तरता दिने सिंहले बताए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ३ : ४७ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण