ललितपुर महानगरद्वारा कोरोना प्रभावितको राहतका लागि निर्देशिका जारी « Khabarhub

ललितपुर महानगरद्वारा कोरोना प्रभावितको राहतका लागि निर्देशिका जारी


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले कोरोना प्रभावितहरुलाई राहत उपलब्ध गराउन निर्देशिका जारी गरेको छ ।

महानगरले यसअघि प्रभावितहरुलाई राहत उपलब्ध गराउन गरेको घोषणा कार्यान्वनका लागि निर्देशिका जारी गरेको हो । महानगरीय विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमितहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोग सम्बन्धी निर्देशिका जारी गरेको हो ।

निर्देशिकाअनुसार उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन भएको छ । राहत तथा सहयोगका लागि कोराना प्रभावितका तर्फबाट मृत्यु भएको वा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र उपसमितिसमक्ष निवेदन दिनुपर्नेछ । निर्देशिका लागू हुनु पूर्वका बिरामीको हकमा पनि निर्देशिका जारी भएको ३५ दिन भित्रै निवेदन दिनुपर्नेछ ।

पूर्ण कागजातसहितको निवेदन प्राप्त भएको १५ दिनभित्र उपचार र राहतसम्बन्धी सहयोग प्रदान गरिने जारी निर्देशिकामा उल्लेख छ । नगरप्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकार नगरबासीको सुखदुखको साथी भएको बताउँदै कोरोना प्रभावितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

महानगरस्तरीय विपद् व्यवस्थापन समितिको जेठ २० गते बसेको बैठकले प्रति मृतक एक लाख, भेन्टिलेटर र आइसीयू बसेकालाई जनही ५० हजार, कोरोना संक्रमण भई अस्पताल वा स्वास्थ्य संस्थामा उपचार गराई संक्रमणमुक्त भएकालाई २५ हजार प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ४ : ५० बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण