तत्काललाई लुम्बिनीका चार मन्त्रीको सांसद पद जोगियो, पूर्ण सुनुवाइ असार २१ गते « Khabarhub

तत्काललाई लुम्बिनीका चार मन्त्रीको सांसद पद जोगियो, पूर्ण सुनुवाइ असार २१ गते


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशका चार सांसदबारेको मुद्दाको पूर्ण सुनुवाइ असार २१ गते हुने भएको छ ।

योसँगै (जसपा) ले पदमुक्त गरेका लुम्बिनी प्रदेश सभाका चार जना मन्त्रीको सांसद पद तत्कालका लागि जोगिएको छ ।

उपेन्द्र यादव पक्षको कारवाहीपछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका सन्तोषकुमार पाण्डेयसहित चार जना सांसद सर्वोच्चले जेठ ३ मा अल्पकालीन अन्तरिम आदेशपछि पुनर्वहाली भएका थिए ।

अदालतले प्रदेश निर्वाचन आयोग लुम्बिनीको लिखित जवाफ म्यादभित्र पेस नभएको र अन्यको लिखित जवाफ पेस भइसकेको भन्दै रिट निवेदनको संवेदनशीलतालाई विचार गरी असार २१ गते पूर्ण सुनुवाइको आदेश दिएको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले सोमवार यस्तो आदेश दिएको हो । जसपाका ६ जनामध्ये ४ जना सांसदलाई यादव पक्षले कारवाही गरेको थियो । उनीहरू चारैजना अहिले मन्त्री छन् ।

अघिल्लो आदेश बदर गर्ने स्पष्ट निर्णय नभएसम्मका लागि त्यसले निरन्तरता पाउने भएका कारण पूर्ण सुनुवाइका लागि पेश गर्ने भन्ने आजको आदेशपछि लुम्बिनी प्रदेश सभाका चार जना सांसदको पद हाललाई जोगिएको हो ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ५ : ३० बजे

रास्वपा महाधिवेशन सुरु

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको

रास्वपाको प्रथम महाधिवेशन सुरु (लाइभ)

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन सुरु भएको छ

पूर्वी युक्रेनमा रुसी आक्रमणमा तीन जनाको मृत्यु

कीभ-पूर्वी युक्रेनका डिनिप्रोपेट्रोभ्स्क र पोल्टाभा क्षेत्रमा आइतबार भएको रुसी आक्रमणमा

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौं- सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता,

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका