प्रदेश २ बजेट खर्च निराशाजनक, ५० प्रतिशत फ्रिज हुने सम्भावना | Khabarhub Khabarhub

प्रदेश २ बजेट खर्च निराशाजनक, ५० प्रतिशत फ्रिज हुने सम्भावना


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रत्येक वर्ष महत्वकांक्षी योजनालाई प्राथमिकतामा राखी बजेट ल्याउने गरेको प्रदेश २ सरकारको बजेट खर्च निराशाजनक देखिएको छ ।

चालू आर्थिक वर्षका लागि कुल विनियोजित बजेटमध्ये प्रदेश सरकारले अहिलेसम्म ३१ प्रतिशतमात्र खर्च गर्न सकेको छ । प्रदेश २ कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार कुल बजेटमध्ये जेठसम्म चालुतर्फ ३४ दशमलव ९ र पुँजीगततर्फ २९ दशमलव २३ प्रतिशत मात्र खर्च भएको छ ।

हालसम्म कुल विनियोजित बजेट मध्ये १० अर्ब ६५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ । चालुतर्फ १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये चार अर्ब ९६ करोड ९२ लाख खर्चेको छ ।

पुँजीगततर्फ १९ अर्ब १९ करोड ८ लाख १८ हजार रुपैयाँ विनियोजन भएकोमा ५ अर्ब ६८ करोड ६५ लाख खर्चेक प्रमुख गिरीले जानकारी दिए ।

शिक्षा, स्वास्थ्य र सरसफाइका महत्त्वाकांक्षी योजना समावेश गरेर ल्याइएको बजेटमा विकास खर्चको अवस्था झनै दयनीय देखिएको छ ।

आर्थिक वर्ष सकिन एक महिनानाको समय समेत बाँकी नरहेको अवस्थामा पूँजीगत खर्चको प्रगति सुस्त देखिएको छ ।

कर्मचारी अभाव र कोरोना महामारीले गर्दा बजेट खर्चिन नसकेको आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बताए । पछिल्लो राजनीतिक उतार चढाव र कर्मचारी अभाव खर्च हुन नसक्नुको मुख्य कारण रहेको उनले औल्याए । तर, ६० प्रतिशत भन्दा बढी बजेट खर्च हुने उनले दाबी गरे ।

अगामी आर्थिक वर्षको बजेट भाषणको दिन पनि मन्त्री यादवले चालु आर्थिक वर्षको कुल विनियोजित बजेट मध्ये ६२ प्रतिशत बजेट खर्च हुने अनुमान गरेका थिए ।

बजेट खर्च हुन नसक्दा अधिकांश बजेट फ्रिज हुने सम्भावना बढेको छ ।

प्रदेश २ को ५० प्रतिशत बजेट फ्रिज हुन सक्ने सरोकारवालाहरु बताउँछन् । योजना महत्त्वाकांक्षी भए पनि बजेटको कार्यान्वयन फितलो हुँदा खर्च हुन नसकेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : १५ बजे

बाँकेका भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा  

बाँके– भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीनहरूलाई धमाधम जग्गाधनी प्रमाणपुर्जा

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला

सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षक राजवंशीको मृत्यु

झापा– झापाको कमल गाउँपालिकामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको

म्याग्दीको डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको

फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई  

काठमाडौं– फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी २१ वर्षीया को