काठमाडौं प्रशासनका स्थगित सेवा भोलिबाट सुचारु गरिने « Khabarhub

काठमाडौं प्रशासनका स्थगित सेवा भोलिबाट सुचारु गरिने


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोनाका कारण स्थगित सबै सेवा मंगलबारबाट सुचारु हुने जानकारी दिएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गत वैशाख १३ गतेबाट स्थगत गरिएका सेवा सुचारु हुने प्रशासनले जनाएको हो ।

कोरोनाको जोखिम बढेपछि अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएका थिए ।

आज एक विज्ञप्ति जारी गर्दै काठमाडौं प्रशासनका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बुढाले भोलिदेखि सबै सेवा सुचारु गर्ने निर्णय भएको जानकारी दिए ।

‘कोभिड(१९ को संक्रमण उच्च रहँदा मिति २०७८/०१/१३ गतेदेखि यस कार्यालयबाट अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएकोमा मिति २०७८/०३/०८ देखि लागू हुनेगरि सेवा सुचारु गर्ने निर्णय भएकोले जनस्वास्थ्यका मापदण्डको पूर्णरुपमा परिपालना गरी अत्यावश्यक रुपमा सेवा लिनुहुन पर्ने कारणसहित उपस्थित हुनुहुन सम्पूर्ण सेवाग्राही महानुभावलाई हार्दिक अनुरोध छ ।‘ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ७ : ४५ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर