अन्तर्राष्ट्रिय उडानमा तोकिएभन्दा बढी भाडा लिएकोबारे छानविन गर्न समिति गठन | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय उडानमा तोकिएभन्दा बढी भाडा लिएकोबारे छानविन गर्न समिति गठन


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले अन्तर्राष्ट्रिय उडानमा तोकिएको भन्दा बढी भाडा लिएकोबारे छानबिन गर्न छानविन समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।

ट्राभल एजेन्सीले तोकिएको भन्दा चर्को भाडा असुल गरेको भन्ने गुनासो मन्त्रालयलाई प्राप्त भएको भन्दै उल्लेखित गुनासोको सन्दर्भमा विस्तृत छानविन गरी सम्बन्धित निकायमा आवश्यक कानूनी कारबाहीको सिफारिस गर्न समिति गठन गरिएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता तारानाथ अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रण तथा व्यवस्थापन गर्न नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७८ वैशाख १९ को निर्णय अनुसार सीमित अन्तरराष्ट्रिय उडान भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : ०१ बजे

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका