काठमाडौँको निषेधाज्ञा खुकुलो भएपछि सवारीको चाप, यी हुन् आज खुला हुने पसल « Khabarhub

काठमाडौँको निषेधाज्ञा खुकुलो भएपछि सवारीको चाप, यी हुन् आज खुला हुने पसल


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा आजदेखि थप खुकुलो भएको छ ।

आजदेखि निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइने भएपछि सडकमा सवारी चाप बढेको छ । बार अनुसार पसल समेत सञ्चालन गर्न दिइएपछि बजार पसल खुला भएका छन् ।

आजदेखि खाद्यान्न, फलफूल र तरकारी पसल हरेक दिन ११ बजेसम्म खोल्न दिइने छ । त्यस्तै विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धी सवै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुनेगरी आलो पालो प्रणाली कायम गरि न्युनतम जनशक्ति मात्र प्रयोग गरि सेवा प्रवाह सुचारु गर्न पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै अनलाईन डेलिभरी, टेक अवे र सवारी साधान मर्मत वर्कशप साझ ७ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ । यस्तै निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार आज मंगलबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन तथा अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ । यी पसलहरू आइतबार र बिहीबार पनि खुला गर्न दिइएको छ ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ७ : २७ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा