'हाम्रो परिवार राम्रो परिवार'ले हेलम्बुका बाढी पहिरो पीडितलाई राहत बाँड्यो | Khabarhub Khabarhub

‘हाम्रो परिवार राम्रो परिवार’ले हेलम्बुका बाढी पहिरो पीडितलाई राहत बाँड्यो


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हाम्रो परिवार राम्रो परिवारले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितहरुलाई हेलम्बुमै पुगेर राहत सामग्री वितरण गरेको छ ।

हाम्रो परिवार राम्रो परिवारका सचिव दिपेन्द्र खण्डको नेतृत्वमा गएको राहत वितरण टोलीले सोमबार हेलम्बु गाउँपालिका–१,२ र ३ मै पुगेर राहत बाँडेको थिए ।

उत्त क्षेत्रका वास्तविक पीडितले आजसम्म कुनै राहत नआएको र हामिले केहिपनि सामग्रीहरू नपाएको त्यहाँका स्थानीयहरुको भनाइ छ।

राहत सामग्री बोकेर हाम्रो परिवार राम्रो परिवारको टिम सोमबार बिहान सिन्धुपाल्चोकको हेलम्बु लागेका थियो । खाद्य, स्वास्थ्य तथा बासका राहत बोकेर हेलम्बु पुगेको यो पहिलो टोली थियो ।

सिन्धुपाल्चोकका बाढी–पहिरो पीडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला उनीहरू राहत बाँड्न तत्पर भएका हुन् ।

राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकोमा पहिलो राहत हाम्रो परिवार राम्रो परिवारले ल्याएको बताए ।

राहत वितरण टोली हाम्रो परिवार राम्रो परिवारको सचिव खण्कासहित कोषाध्यक्ष सोनी बस्नेत, सुमी बस्नेत, नीता क्षेत्री, राम कार्की, गोपाल सुवेदी,अनोज पण्डित, उत्तम कार्की, अनिता खत्री गीता थापा र सिन्धुपाल्चोक जिल्लाको हाम्रो परिवार राम्रो परिवारको टिम बालकृष्ण चौलागाई, अर्जुन आचार्य, प्रशान्त चौलागाई, बाबुराम भट्टराईलगायत सहभागी थिए ।

जिल्ला समन्वय समितिकी सदस्य वीमला भण्डारीका अनुसार यो वडामा पूर्ण रुपमा १ सय ५० घर प्रभावित भएको जानकारी गराइन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  २ : २७ बजे

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा