नेप्से परिसूचक ७९.४४ अंकले वृद्धि, १० अर्ब २८ करोड  « Khabarhub

नेप्से परिसूचक ७९.४४ अंकले वृद्धि, १० अर्ब २८ करोड 


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज सेयर बजार परिसूचक नेप्से ७९.४४ अंकले बढ्दै २९१३.८४ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।

लगातार पाँच दिनमा ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) आज मंगलबार उत्साहजनकरुपमा वृद्धि भएको हो ।  सोमबार हिजो ७२ अंकले ओरालो लागेको थियो।

आज ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १६.१९ अंकले बढ्दै ५३६.३४ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।

समूहगत परिसूचकतर्फ १३ वटै कम्पनीको सूचाङ्कमा बढेका छन् । जीवन बीमासमूहको सूचाङ्क सबैभन्दा धेरै ३८७.८५ अंकले बढेको छ भने दोस्रो स्थानमा नीर्जीवन बीमा समूहको सव इन्डेक्स ३७५.२३ अंकले बढेको छ ।

यसैगरी बैंकिङ समूह ४४.३१ अंक, व्यापार समूह २१.५४, होटल तथा पर्यटन समूहको १०९.९५ अंक, बिकास बैंक समूहको २५१.३३ अंक, उत्पादनमुलुक समूहको २५१.३३ अंक, लघुवित्त समूहको ६४.९ अंक, वित्त समूहको १२७.६ अंक र जलविद्युत समूहको १५०.१० अंकले बढेको छ ।

मंगलबार सेयर बजारमा कारोबार रकम भने घटेको छ। यसदिन २२५ कम्पनीको १० अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज ३३ वटा कम्पनीले ९ प्रतिशतभन्दा बढीले कमाएका छन् । जानकी फाइनान्स, वरुण हाइड्रोपावर, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, न्यादी ग्रुप पावर कम्पनी र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको सकारात्मक सर्किट लागेको छ।

आज १४ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। मंगलबार सबैभन्दा बढी पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ४ : २१ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको