रुपन्देहीमा केही खुकुलो पार्दै असार १४ सम्म निषेधाज्ञा थपियो « Khabarhub

रुपन्देहीमा केही खुकुलो पार्दै असार १४ सम्म निषेधाज्ञा थपियो


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– सरकारी कार्यालय खुला र निजी सवारी साधन सञ्चालनलाई केही खुकुलो पार्दै रूपन्देहीमा असार १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय रूपन्देहीले एक साता निषेधाज्ञा थप गरेको हो ।

थप गरिएको निषेधाज्ञामा निजी सवारी साधनको सञ्चालनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिएको छ । तर सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालनलाई भने रोक लगाइएको छ । जोरबिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिएपछि सडकमा सवारी साधानको चाप बढेको छ ।

रुपन्देहीमा विवाहको लागि दुईवटा साना सवारी साधनमा बढीमा १० जनासम्म जन्ती जान पाइने छ । तर भेला, महोत्सव, सभा, जुलुसलगायत मानिसको भीडभाड हुने कुनै पनि क्रियाकलाप सञ्चालन गर्न पाइने छैन ।

त्यस्तै होटल, पार्टी प्यालेस तथा रेस्टुरेन्ट खोल्न, सिनेमा हल, सेमिनार, तालिम, गोष्ठी सञ्चालन गर्न पनि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले आन्तरिक नित्य पूजा बाहेकका सबै धार्मिक सांस्कृतिक गतिविधि सञ्चालनमा पनि रोक लगाइएको जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ५ : ५६ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र