आदेश मान्नुको विकल्प छैन, सर्वोच्चले गर्न खोजेको के हो बुझिएन : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

आदेश मान्नुको विकल्प छैन, सर्वोच्चले गर्न खोजेको के हो बुझिएन : प्रधानमन्त्री ओली


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार बदर गर्ने गरी सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेशप्रति आफूले केही बुझ्न नसकेको बताएका छन् ।

उनले अदालतको आदेश मान्नुको विकल्प नरहेको भन्दै अदालतले के गर्न खोजेको हो ? आफूले नबुझेको बताएका हुन् ।

अदालतको आदेशपछि बालुवाटारमा निवर्तमान मन्त्रीहरूसँगको छलफलमा ओलीले सो कुरा बताएका हुन् ।

निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाका अनुसार छलफलमा प्रधानमन्त्री ओलीले अदालतले सरकारका काममा एकपछि अर्को अवरोध खडा गरेको टिप्पणी गरेका थिए ।

छलफलमा प्रधानमन्त्रीले ५ जना मन्त्रीले मुलुक चलाउन नसक्ने र अराजकता हुने समेत बताएका थिए । उनकाअनुसार संसद् विघटनको मुद्दामा के होला भन्नेबारे पनि प्रधानमन्त्रीले चासो राखेको थिए ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दिन अगाडि सार्वजनिक रुपमा मन्त्रिपरिषद विस्तारलाई सर्वोच्चले रोक्ने बताउनु र सर्वोच अदालतबाट त्यस्तै हुनु संयोग मात्रै नभएको समेत प्रधानमन्त्रीले बताएका थिए ।

प्रधानमन्त्री ओलीले अदालतबाट कानुन र संविधानलाई चुनौती दिने कार्य भएपनि अन्तरिम आदेश मानेरै अघि बढ्ने उल्लेख गरेको अरगरियाले बताए।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन तथा विस्तार गरेको मन्त्रिमण्डलका उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूलाई अन्तरिम आदेशद्वारा बर्खास्त गरेका थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले संविधानको धारा ७७ को उपधारा १ र ३ का व्यवस्थाका आधारमा उक्त आदेश जारी गरेको हो ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  १० : ४५ बजे

धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि बढ्यो नेप्से 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्री ओपन सेसनमा १०

रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’ लगाइँदै

मन्थली– जुनार बगैँचालाई थप व्यवस्थित गर्ने उद्देश्यले रामेछापमा पहिलो पटक

म्याग्दी र मुस्ताङमा बढ्यो पर्यटकीय चहलपहल

गलेश्वर– म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित) 

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र

इलाम–२ को अपडेट : फराकिलो अग्रतामा सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना