कोभिड–१९ पुनरुद्धार योजनामा युरोपेली आयोगको सहमति | Khabarhub Khabarhub

कोभिड–१९ पुनरुद्धार योजनामा युरोपेली आयोगको सहमति


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन लायनले युरोपेली युनियनमा आबद्ध तीन मुलुकको कोभिड–१९ आर्थिक पुनरुद्धार योजनालाई अनुमोदन गरेको बताएका छन् ।

आयोगले कोभिड–१९ पश्चात् इटाली, जर्मनी र लाटभियाको आर्थिक पुनरुद्धार योजनालाई स्वीकृत गरेको हो । आयोगकी अध्यक्ष लायनले तीनै मुलुकको भ्रमण पनि गरेका छन् ।

इटालीमा श्री लायनले इटालीका प्रधानमन्त्री मारियो ड्रागीसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ड्रागीसँगको भेटपछि ट्वीट गर्दै लायनले इटालीका लागि ९० करोड अमेरिकी डलरको आर्थिक पुनरुद्धार योजना स्वीकृत गरेको बताए।

युरोपेली आयोगबाट सर्वाधिक ठूलो आर्थिक सहायता प्राप्त गर्नेमा इटाली रहेको छ । आयोगका अनुसार इटालीले अनुदान बापत ६८.९ अर्ब युरो र ऋण बापत १२२.६ अर्ब युरो प्राप्त गर्नेछ ।

यसैगरी जर्मनीले स्वास्थ्य सेवा र सार्वजनिक प्रशासनको डिजिटलाइजेसनका लागि सहायता प्राप्त गर्नेछ । जर्मनीका चान्सलर एन्जेला मर्केलले जर्मनीले हाइड्रोजन, माइक्रोइलेक्ट्रोनिक्स, क्लाउड र डेटा प्रसेसिङका क्षेत्रमा लगानी बढाउने बताएका छन् ।

आयोगकी अध्यक्ष लायनले लाट्भियाको आर्थिक पुनरुद्धार योजनाका बारेमा पनि घोषणा गर्नु भयो । गत वर्ष, युरोपेली युनियनका नेताहरुले कोरोनाभाइरस महामारीको आर्थिक तथा सामाजिक असरलाई सम्बोधन गर्न व्यापक आर्थिक पुनरुद्धार कोष स्थापना गर्न सहमति जनाएका थिए । रासस/सिन्ह्वा

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ३ : ०० बजे

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड बढी

चितवन– भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूको सुरक्षामा कडाइ

वासिङ्टन– इरानका तीन वटा परमाणु स्थलमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूमा उच्च सतर्कता

वासिङ्टन – इरानका तीनवटा परमाणु स्थलबमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा

मौनता तोड्दै मोदीले गरे इरानी राष्ट्रपतिसँग फोन वार्ता

नयाँदिल्ली– अमेरिकी आक्रमण भएको केही घण्टापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले

बन्दाबन्दै भाँचियो तामाकोशीको मोटरेबल पुल

मन्थली–  जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल