चाडमा फ्रान्सेली सेनाको हवाई कारबाही तीव्र « Khabarhub

चाडमा फ्रान्सेली सेनाको हवाई कारबाही तीव्र


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्सले अफ्रिकी मुलुक चाडमा विद्रोही विरुद्ध हवाई कारबाही गरेको जनाएको छ । उत्तरी छिमेकी मुलुक लिबियाबाट चाडको सीमामा प्रवेश गरेका युनियन फोर्स अफ रेजिस्टेन्स युएफआर नामक विद्रोही समूहका २० भन्दा धेरै सवारीका लस्करलाई निशाना बनाएर हवाई कारबाही गरिएको फ्रान्सेली सेनाले जनाएको छ ।

सन् २००९ मा स्थापना भएको युएफआरले चाडका राष्ट्रपति इद्रिस डिबेलाई सत्ताच्युत गर्ने लक्ष्य लिएको छ । हाल यस समूह लिबियाका दक्षिणी क्ष्ँेत्रमा सक्रिय रहेको बताइन्छ । पछिल्ला केही दिनमा यस समूहका ५० भन्दा बढी सवारीको लस्कर चाडको भूमिभित्र ४ सय किलोमिटर भित्रसम्म आइपुगेको र त्यही लस्करलाई निशाना बनाएर कारवाही गरिएको फ्रान्सेली सेनाले जनाएको छ ।

गत आइतबारबाट फ्रान्सले विद्रोहीको लस्करलाई लक्ष्ँित गरी हवाई आक्रमण सुरु गरेको थियो । चाडको राजधानी अनजामेनाबाट उडेका मिराज लडाकु विमानले विद्रोहीलाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ । चाडलाई अस्थीर बनाउने तत्वलाई निशाना बनाइएको फ्रान्सेली सेनाको भनाइ छ ।

सन् १९९० मा सैनिक कुमार्फत् चाडको सत्तामा आएयता राष्ट्रपति डिबेले विभिन्न विद्रँेहको सामना गर्दै आएका छन् । चाड साहारा मरुभूमि तथा साहेल क्षेत्रमा इस्लामिक अतिवादीविरुद्ध फ्रान्सले गर्दै आएको अपरेशन बराख्ने नामक कारवाहीमा चाडले महत्वपूर्ण भूमिका खेल्दै आएको छ भने राजधानी अनजामेनामा फ्रान्सका ४५ सय भन्दा धेरै प्रतिआतंकवाद सैनिकको उपस्थिति छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ३ : ३१ बजे

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन