‘फेक आइडी’ बनाएर अश्लिल शब्द पठाएको आरोपमा एक जना पक्राउ « Khabarhub

‘फेक आइडी’ बनाएर अश्लिल शब्द पठाएको आरोपमा एक जना पक्राउ


१० असार २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- सामाजिक सञ्जाल फेसबुक र टिकटकमा ‘फेक आइडी’ बनाएर  महिलालाई अश्लिल शब्द पठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका –१५ का १९ वर्षीय डेबिट पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी मुकुन्द रिजालका अनुसार पुनले महिलालाई अश्लिल शब्द पठाउने र पोष्ट गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पुनविरुद्ध दुई जना महिलाले उजुरी दिएका थिए। अश्लिल शब्द लेख्ने र पोष्ट गर्ने पुनलाई सम्झाउन खोज्दा उल्टै महिलामाथि पुनले हातपात तथा दुर्व्यवहार गरेको पीडितले जाहेरीमा उल्लेख गरेका छन् ।

पुनलाई असार ६ गते पक्राउ गरी ‘अभद्र ब्यवहार’ कसुरमा मुद्दा चलाई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ९ : १५ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १