कुवेतको चर्को घाममा काम लगाउने २८१ कम्पनी कारबाहीमा « Khabarhub

कुवेतको चर्को घाममा काम लगाउने २८१ कम्पनी कारबाहीमा



दोहा- कुवेतमा श्रमिकलाई चर्को घाममा काम लगाउने २८१ कम्पनी कारबाहीमा परेका छन् ।

कुवेतको जनसम्पर्क र मिडिया विभागका निर्देशक र पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)को अनुगमन टोलीले निरीक्षण गर्दा श्रमिकलाई चर्को घाममा काम लगाउने २८१ वटा कम्पनी कारबाहीमा परेको पीएएमका प्रवक्ता असिएल अल-माजेडले बताइन् ।

प्रवक्ता अल-माजेडका अनुसार जुन १ देखि १७ तारिखसम्म ३७७ साइटहरूको निरीक्षण गर्दा २८१ कम्पनीलाई कारबाही र नियम उलङ्घन गर्ने ४३९ कामदारलाई पनि पक्राउ गरिएको छ ।

केही साइटहरूको पुन: अनुगमन गर्दा टोलीले १३५ कम्पनीहरूले मात्र निर्णयको पालना गरेको र अन्य कम्पनीहरुले अझै नियम उलङ्घनको सुधार गर्न नसकेको अरब टाइम्सलाई उद्धृत गर्दै पीएएमकी प्रवक्ता अल-माजेडले बताइन्।

नियम उलङ्घन गरेको बारेमा २२ वटा उजुरी इलेक्ट्रोनिक मिडिया मार्फत प्राप्त भएको उनले बताइन् । रोजगारदाताहरुलाई कामदारहरुको सुरक्षाको ग्यारेन्टी गर्ने र कानुनी उत्तरदायित्वबाट टाढा रहन निर्णयको पालना गर्न आग्रह गर्नसमेत अनुरोध गरिएको उनले बताइन् ।

कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो ।

दिउँसोको समयमा काम गर्न  गराउन प्रतिबन्ध लगाइए पनि काम गर्ने अवधि भने घटाइएको छैन ।  दिउँसो घाम चर्को बेला काम रोकेर साँझ तापक्रम कम भएको बेला काम गरेर वोर्किङ आवर सधैँको झै बराबर गर्न सकिने बताईएको छ । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ११ : ०० बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा