प्रधानमन्त्रीसहित पाँच मन्त्रीमा मन्त्रालय बाँडफाँड, गृहमन्त्रालयको जिम्मेवारी पौडेललाई (सूचीसहित) « Khabarhub

प्रधानमन्त्रीसहित पाँच मन्त्रीमा मन्त्रालय बाँडफाँड, गृहमन्त्रालयको जिम्मेवारी पौडेललाई (सूचीसहित)


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरेका छन् ।

सर्वोच्च अदालतले २० जना मन्त्रीलाई पदमुक्त गरेपछि रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्रीले आफूसहित अन्य चार जना मन्त्रीलाई मन्त्रालय बाँडफाँड गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो भागमा रक्षा र परराष्ट्र मन्त्रालय राखेका छन् । त्यस्तै उनले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई थप तीन वटा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

पौडेलले अर्थसहित, गृह, उर्जा र उद्योग मन्त्रालयको जिम्मेवारी पाएका हुन् । साथै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य, वन र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लिलानाथ श्रेष्ठलाई कानून, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तो छ पत्र

 

 

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ५ : १४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब