भीमदत्त नगरपालिकाको बजेट १ अर्ब ५९ करोड,  स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा « Khabarhub

भीमदत्त नगरपालिकाको बजेट १ अर्ब ५९ करोड,  स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु एक अर्ब ५९ करोडको बजेट नगरसभामा पेश गरेको छ ।

‘सन्तुलित वातावरण, सुशासनसहितको समाजवादउन्मुख नगर, कृषि, पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार’ भन्ने नारासहित आज शुरु भएको नवौँ नगरसभामा नगर उपप्रमुख सुशीला चन्दले आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेश गरेका हुन् ।

बजेटमा रु एक अर्ब ११ करोड चालु र रु ४१ करोड पूँजीगत खर्च गर्ने लक्ष्य राखिएको छ । यो बजेट चालु आवभन्दा बढी हो । चालु आवमा रु एक अर्ब ३७ करोड बजेट विनियोजन गरिएको थियो ।

भीमदत्तले यस वर्ष २५ वर्षे गुरु योजनाका आधारमा नीति, कार्यक्रम र बजेट ल्याएको हो । नगरपालिकाले गत वर्ष रणनीतिक गुरु योजना बनाएको थियो । बजेटमा कोेरोना महामारी नियन्त्रण, रोकथाम सहित शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।

नगरपालिकाका प्रवक्ता हिमालबहादुर चन्दले कोभिड –१९ महामारी नियन्त्रण रोकथामसहित स्वास्थ्य, शिक्षा, कृषिलगायत क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याइएको बताए ।

भीमदत्तलाई स्मार्ट सिटीका रुपमा विकास गर्न संघीय सरकारको सहकार्यमा कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकारले चालु वर्षमा भीमदत्तलाई स्मार्ट सिटी निर्माणका लागि छनोट गरी बजेट सुनिश्चितता गरेको छ ।

नगर प्रमुख सुरेन्द्र विष्टले नगरको आन्तरिक स्रोतसाधनलाई ध्यानमा राखी आगामी वर्षको नीति, कार्यक्रम र बजेट ल्याइएको बताउनु भयो ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : ४५ बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य