मकालु हिमाल आरोहणमा रहेका पेरुभियन नागरिकको मृत्यु « Khabarhub

मकालु हिमाल आरोहणमा रहेका पेरुभियन नागरिकको मृत्यु


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकालु हिमाल आरोहणका क्रममा रहेका ल्याटिन अमेरिकी मुलुक पेरुका एक जना आरोहीको मृत्यु भएको छ ।

६५०० मिटर उचाईमा रहेको मकालु हिमालको क्याम्प २ मा हिमालको शिखरमा आरोहण गर्ने पूर्वतयारीमा रहेका पेरुभियन आरोही रिचर्ड हिडाल्गोको मृत्यु भएको हो ।

उनी गत मे ७ मा केही शेर्पाहरुसहित क्याम्प २ पुगेका थिए । उनको साथ आएका शेर्पाहरु भने त्यसबेला आरोहणका लागि डोरी मिलाउने काममा व्यस्त रहेको बताइएको छ ।

उनी तथा शेर्पाहरु गएराति ९ बजेको समयमा खाना खानका लागि व्यक्तिगत पालबाट बाहिर निस्केका थिए । शेर्पाहरुले डोरी मिलाएर फर्किने क्रममा उनी आफ्नो पालमा मृत भेटिएका थिए । उनको मृत्युको कारण भने स्पष्ट भइसकेको छैन ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ७ : १६ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ