पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति प्रचण्डको आपत्ति: तत्काल रिहा गर्न माग « Khabarhub

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति प्रचण्डको आपत्ति: तत्काल रिहा गर्न माग


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकार तथा सम्पादक किशोर श्रेष्ठलाई गिरफ्तार गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। समाचार लेखेकै आधारमा राज्य संयन्त्रद्वारा नियन्त्रणमा लिइनु लोकतन्त्रको उपहास भएको उनको भनाइ छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले स्थापित मिडिया र पत्रकारमाथि कुनै निश्चित विधि र कानुनी प्रक्रिया नअपनाई धरपकड गरिएको आरोप लगाएका छन्। प्रेस स्वतन्त्रतामाथि राज्यले अङ्कुश लगाउन खोजेको उल्लेख गर्दै उनले गिरफ्तार गरिएका पत्रकार श्रेष्ठको तत्काल र बिनासर्त रिहाइको माग गरेका छन् ।

पत्रकार श्रेष्ठ बुधबार ललितपुरबाट पक्राउ परेका हुन् । उनीमाथि वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुर लगाइएको छ ।

काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन् ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ६ : ३८ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित