पूर्वमन्त्री बाँस्कोटाको कटाक्ष : अदालतबाट निर्दल पुनर्स्थापनाका लागि सडकमा हो ?  « Khabarhub

पूर्वमन्त्री बाँस्कोटाको कटाक्ष : अदालतबाट निर्दल पुनर्स्थापनाका लागि सडकमा हो ? 


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले विपक्षी गठबन्धनलाई अदालतबाट निर्दल पुनर्स्थापनाका लागि सडकमा हो भन्दै प्रश्न गरेका छन् ।

विपक्षी गठबन्धन र ती समर्थक कानून व्यवसायीले संविधानको धारा ७६ को उपधारा ५ मा पुगेपछि कुनै पनि सांसद दलीय अनुवन्धनमा नरहने र स्वतन्त्र हैसियतमा प्रधानमन्त्री चयन गर्न पाउने जिकिर गरिरहेका बेला बास्कोटाले त्यसको कटाक्ष गरेका हुन् ।

उनले भने ट्वीट गर्दै भनेका छन्, ‘विपक्षी सडकमा तर किन ? हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुन:स्थापनाका लागि सडकमा हो ? संविधानको धारा ७६को २ र ५ को सम्बन्ध छैन भन्ने हो भने पार्टी टिकेट सांसद र सरकारको सम्बन्धै रहेन।त्यसो हो भने विपक्षी गठबन्धन सत्ताको लागि प्रणाली नै परिवर्तनतर्फ लाग्यो ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार भएको बैठकले सडक संघर्षमा जाने निर्णय गरेसँगै नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

 

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ६ : ४२ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर