गुआइदोलाई राष्ट्रपति माने प्रतिबन्ध फिर्ता : अमेरिका « Khabarhub

गुआइदोलाई राष्ट्रपति माने प्रतिबन्ध फिर्ता : अमेरिका


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले अमेरिकी प्रतिबन्धको मारमा परेका भेनेजुएलाका वरिष्ठ सैनिक अधिकारीले स्वघोषित राष्ट्रपति हुआँ गुआइदोलाई साथ दिए उनीहरुमाथि लगाइएको प्रतिबन्ध फिर्ता हुनसक्ने जनाएका छन् ।

बोल्टनले ट्विट गर्दै भेनेजुएलामा लोकतन्त्रको रक्षाका लागि स्वघोषित हुआँ गुआइदोको संवैधानिक सरकारलाई समर्थन गर्न वरिष्ठ सैनिक अधिकारीलाई आह्वान गरे ।

‘‘भेनेजुएलामा लोकतन्त्रको पक्षमा उभिएर हुआँ गुआइदोको संवैधानिक सरकारलाई मान्यता दिने जो कोही वरिष्ठ सैनिक अधिकारीमाथि लगाइएको नाकाबन्दी फुकुवा गर्ने विषयमा अमेरिकाले विचार गर्न सक्नेछ ।’’ बोल्टनले ट्विटमा लेखेका छन् । ‘‘अन्यथा सबै अन्तर्राष्ट्रिय वित्तीय परिधी पूर्ण रुपमा बन्द हुनेछ ।’’

यद्यपि एकजना वरिष्ठ सैनिक अधिकारीले भिडियो सन्देश सार्वजनिक गर्दै राष्ट्रपति निकोलस मादुरोलाई राष्ट्रपति नमान्ने घोषणा गरेपनि त्यसबाहेक बाहेक प्रायः सबै सैनिक अधिकारी राष्ट्रपति मादुरोको पक्षमा रहेको बताइन्छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ३ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै