रिट निवेदक पक्षको तर्क- धारा ७६ (५) प्रतिनिधिसभाका सदस्यहरूका लागि ब्रह्मास्त्र | Khabarhub Khabarhub

रिट निवेदक पक्षको तर्क- धारा ७६ (५) प्रतिनिधिसभाका सदस्यहरूका लागि ब्रह्मास्त्र


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथिको बिहीबारको सुनुवाई सकिएको छ ।

आज भएको सुनुवाइमा रिट निवेदक पक्षका कानून व्यवसायीहरुले बहस गरेका छन् । बहसका क्रममा कानून व्यवसायीहरुले संविधानको धाराा ७६ को ५ सांसदहरुको विषेशाधिकार रहेको दाबी गरे ।

आजको बहसको प्रारम्भ गर्दै पूर्वमहान्यायाधीवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले धारा ७६ को ५ अनुसार सांसदहरूले विशेष अधिकार प्रयोग गरेर सरकार गठन गर्नसक्ने दाबी गरे ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘संविधानको धारा ७६ को उपधारा ५ प्रतिनिधिसभाका सदस्यहरूका लागि ब्रह्मास्त्र हो । त्यो अधिकार विशेष रूपमा प्रतिनिधिसभाका सदस्यहरूलाई दिइएको हो ।’

प्रतिनिधिसभाले अन्तिम समयसम्म सरकार गठन गर्नसकोस भनेर नै संविधानमा यस्तो प्रावधान राखिएको उनले बताए ।

आजको सुनुवाइमा बस गर्ने अर्का वरिष्ठ अधिवक्ता खगेन्द्र अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनका लागि बहुमत नरहेको भनेर सूचना दिनु नै केपी ओलीको अयोग्यता रहेको दाबी गरे ।

‘प्रधानमन्त्री केपी ओलीले मैले विश्वासको मत प्राप्त गर्न सकिन अब अर्को विकल्प खोजिदिनु भनेर पत्राचार गरेको अवस्था छ । केपी शर्मा ओली धारा ७६ (५)मा दावी गर्न योग्य नै हुनुहुन्न । राष्ट्रपतिलाई विश्वासको मत पाउन सकिनँ भनेर दिएको सूचना नै उहाँको अयोग्यताको प्रमाण हो ।’ उनले भने ।

आज पनि विघटनविरुद्धको सुनुवाई हेर्दाहेर्दैमा सकिएको छ । अब रिट निवेदक पक्षका कानून व्यवसायीसँग ४ घण्टा ४५ मिनेट बाँकी छ ।

इजलाशमै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले रिट निवेदकका लागी ४ घण्टा ४५ मिनेट समय बाँकी रहेको जानकारी गराएका छन् ।

आज वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेशकुमार सिंह, हरि उप्रेती, शेरबहादुर केसी, वोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ८ : ०४ बजे

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका