तनहुँका नौ स्थानीय तहले ल्याए साढे छ अर्बको बजेट | Khabarhub Khabarhub

तनहुँका नौ स्थानीय तहले ल्याए साढे छ अर्बको बजेट


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ जिल्लाका १० मध्ये नौ पालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । तीन नगरपालिका र छ गाउँपालिकाले एकैदिन आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । तनहुँमा चार नगरपालिका र ६ गाउँपालिका छन् ।

जिल्लाका स्थानीय तहले रु छ अर्ब ६९ करोड २२ लाख २३ हजार ५०० बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । भानु नगरपालिकाले भने बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेन । राजनीतिक द्वन्द्वका कारण भानुमा नगरसभा हुन नसकेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले आफूहरु छलफलमै रहेको बताए । भानुमा बेलाबेलामा विवाद हुँदै आइरहेको छ ।

स्थानीय तहले आफ्ना प्राथमिकताको आधारमा बजेट विनियोजन गरेका छन् । सङ्घ, प्रदेशबाट आएको अनुदान र पालिकाको आन्तरिक आम्दानीको अनुमानका आधारमा बजेटको आकार निर्धारण गरिएको छ । जिल्लाको सबैभन्दा ठूलो र पुरानो नगरपालिका व्यासले सबैभन्दा बढी बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट सार्वजनिक गरेको छ । चालु वर्षको तुलनामा रु २५ करोड बढीको बजेट प्रस्तुत गरिएको उपप्रमुख मीरा जोशीले बताइन । उनका अनुसार बिहीबार पेश गरिएको नीति तथा कार्यक्रम पारित भएको र बजेटउपर छलफल बाँकी भएको बताए । त्यसका लागि असार २३ गते बैठक आह्वान गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षको भन्दा रु तीन करोड कम बजेट सार्वजनिक गरेको छ । शुक्लागण्डकीले रु एक अर्ब ६ करोड ८६ लाख २० हजारको बजेट सार्वजकि गरेको छ । भिमाद नगरपालिकाले रु ५८ करोड ५६ लाख आठ हजारको बजेट पेश गरेको छ । उपप्रमुख शारदा खनालले पेश गरेको बजेटको आधाभन्दा बढी रकम सामाजिक विकास शीर्षकमा विनियोजन गरिएको छ ।

म्याग्दे गाउँपालिकाले रु ६५ करोड ८२ लाख ६१ हजारको बजेट सार्वजनिक गरेको छ । आँबुखैरेनी गाउँपालिकाले रु ६१ करोड ७० लाख ६१ हजारको बजेट सार्वजनिक गरेको छ । पर्यटकीय ‘हब’का रूपमा परिचित बन्दीपुर गाउँपालिकाले रु ५१ करोड ३४ लाख एक हजार ५०० को अनुमानित बजेट सार्वजनिक गरेको छ ।

ऋषिङ गाउँपालिकाले रु ५२ करोड र देवघाट गाउँपालिकाले रु ४८ करोड ६९ लाख ७८ हजारको बजेट सार्वजनिक गरेका छन् । घिरिङ गाउँपालिकाले जिल्लाका स्थानीय तहको तुलनामा सबैभन्दा कम बजेट ल्याएको छ । घिरिङले रु ४६ करोड ३४ लाखको बजेट सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ९ : ५५ बजे

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका