कांग्रेसको पौडेल समूहले महाधिवेशन केन्द्रित छलफल गर्दै « Khabarhub

कांग्रेसको पौडेल समूहले महाधिवेशन केन्द्रित छलफल गर्दै


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्व दाबी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि सक्रियता बढेको छ । आफूनिकट केन्द्रीय सदस्यसहितका नेतालाई पौडेलले छलफलका लागि बोलाएका छन् ।

आज बिहीबार दिउँसो २ बजे वसुन्धारास्थित दियालो फुड ल्याण्डमा पौडेल पक्षीय नेतालाई बैठकमा बोलाइएको छ । वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीका अनुसार क्रियाशील सदस्यता र पार्टी महाधिवेशन विषयमा छलफलका लागि नेताहरूलाई बोलाइएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले भने १४औं महाधिवेशन विषयमा सातै प्रदेशका आफूनिकट नेतालाई भेट गरेर नेतृत्वमा भिड्ने सन्देश दिइसकेका छन् । कांग्रेसले १६ देखि १९ भदौसम्म महाधिवेशन गर्नेगरी केन्द्रीय समिति बैठकबाट कार्यतालिकासमेत अनुमोदन गरिसकेको छ ।

कार्यतालिका अनुमोदनसँगै नेताहरूले भेटघाट बढाउँदै लगेका छन् । कांग्रेसका हालका उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि आफू अघि सर्ने भन्दै भेटघाट तीव्र बनाएका छन् ।

उनले गत सोमबार महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आफ्नै निवासमा बोलाएर ‘लञ्च’सहितको बैठक गरेका थिए । सोही दिन साँझ निधिले कांग्रेसका चन्द्र भण्डारी, गगन थापासहितका नौ यूवानेतालाई एक पार्टी प्यालेसमा बोलाएर नेतृत्वका लागि आफू अघि बढेको भन्दै सघाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ११ : ३२ बजे

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम

काठमाडौं- अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ ।

बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्दै

दशरथचन्द– बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । विगतमा