महाधिवेशन केन्द्रित छलफलमा जुटे कोइराला, निधि र सिंह « Khabarhub

महाधिवेशन केन्द्रित छलफलमा जुटे कोइराला, निधि र सिंह


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी महाधिवेशनमा नेपाली कांग्रेसको सभापतिका दावेदार तीन नेता छलफलमा जुटेका छन् । छलफलका लागि कांग्रेस उपसभापति विमलेन्द्र निधिसँगै पूर्वमहामन्त्री प्रकाशमान सिंह महामन्त्री शशांक कोइराला निवास पुगेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनका बारेमा छलफल गर्नका लागि उपसपभापति निधि कोइराला निवास पुगेका हुन् । कोइराला निवासमा छलफलका लागि पूर्वमहामन्त्री डाक्टर प्रकाशमान सिंह समेत पुगेका छन् । यसअघि उपसभापति निधिले कोइराला र नेता सिंहलाई आफ्नै निवासमा बोलाएर आगामी महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका थिए । त्यसको निरन्तरताअनुसार आज कोइराला निवासमा नेताहरू जम्मा भएका हुन् ।

बैठकमा सहभागी एक नेताले महाधिवेशन केन्द्रित विषयमा छलफल भएको जानकारी दिए । उनले भने, ‘आगामी महाधिवेशन केन्द्रित छलफल भएको हो ।’ अबको केही दिनमा नेता सिंहको निवासमा समेत छलफल हुने उनले जानकारी दिए ।

महामन्त्री कोइरालाको निमन्त्रणामा उनकै निवासमा भइरहेको छलफलपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको छलफलमा जाने नेताहरूको तयारी छ । छलफलका लागि महामन्त्री कोइराला र सिंह चक्रपथको एउटा होटलमा पुग्ने कार्यक्रम रहेको छ । नेता पौडेलले आगामी महाधिवेशनका बारेमा छलफल गर्नका लागि आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  १ : ४१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा