कांग्रेसका तीन नेताको छलफल : सहमतिमै अघि बढ्छौँ « Khabarhub

कांग्रेसका तीन नेताको छलफल : सहमतिमै अघि बढ्छौँ


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कांग्रेसमा सभापति पदका आकांक्षी दोस्रो पुस्ताका तीन नेताले आगामी महाधिवेशनमा सहमतिमै अघि बढ्ने संकेत गरेका छन् ।

महाधिवेशन केन्द्रित छलफलमा जुटेका तीन नेताले एउटै टिम बनाएर सहमतिका साथ अघि बढ्ने संकेत गरेका हुन् ।

महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज छलफल भएको हो । छलफलपछि उनीहरूले देशभरका कार्यकर्ताको पनि सहमतिका साथ अघि बढ्नु पर्ने चाहना रहेको बताए ।

छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति निधिले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ । हाम्रो पहलमा सबै खुसी छन् ।’

पूर्वमहामन्त्री सिंहले एउटै टिम बनाएर बनाएर जाने विषयमा सकारात्मक छलफल भइरहेको बताए ।

उनले आफूहरुमाथि लाग्ने गरेको परिवारवादलाई प्रश्रय दिएको भन्ने आरोप खारेज गरे ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  २ : २२ बजे

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित

इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान

एजेन्सी– पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान

पाकिस्तानमा तीन महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ

इस्लामावाद- चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबीचको

नीति तथा कार्यक्रममाथि छलफल चल्दा पूरा बैठकमा बसे अर्थमन्त्री वाग्ले

काठमाडौं- सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि छलफल चलिरहँदा अर्थमन्त्री

भारतीय राजदूत र मन्त्री मेहताबीच छलफल, स्वास्थ्य क्षेत्रमा सहकार्यबारे कुराकानी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता र नेपालका लागि भारतका