कांग्रेसका तीन नेताको छलफल : सहमतिमै अघि बढ्छौँ « Khabarhub

कांग्रेसका तीन नेताको छलफल : सहमतिमै अघि बढ्छौँ


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कांग्रेसमा सभापति पदका आकांक्षी दोस्रो पुस्ताका तीन नेताले आगामी महाधिवेशनमा सहमतिमै अघि बढ्ने संकेत गरेका छन् ।

महाधिवेशन केन्द्रित छलफलमा जुटेका तीन नेताले एउटै टिम बनाएर सहमतिका साथ अघि बढ्ने संकेत गरेका हुन् ।

महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज छलफल भएको हो । छलफलपछि उनीहरूले देशभरका कार्यकर्ताको पनि सहमतिका साथ अघि बढ्नु पर्ने चाहना रहेको बताए ।

छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति निधिले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ । हाम्रो पहलमा सबै खुसी छन् ।’

पूर्वमहामन्त्री सिंहले एउटै टिम बनाएर बनाएर जाने विषयमा सकारात्मक छलफल भइरहेको बताए ।

उनले आफूहरुमाथि लाग्ने गरेको परिवारवादलाई प्रश्रय दिएको भन्ने आरोप खारेज गरे ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  २ : २२ बजे

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम

काठमाडौं- अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ ।

बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्दै

दशरथचन्द– बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । विगतमा