युरोकपमा आजदेखि नकआउट चरणका खेल, कसको भिडन्त को सँग ? « Khabarhub

युरोकपमा आजदेखि नकआउट चरणका खेल, कसको भिडन्त को सँग ?


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु शुरू हुँदैछन् ।

नकआउट चरण अन्तर्गत आज राति दुई खेल हुँदैछन् । पहिलो खेलमा वेल्स र डेनमार्क तथा दोस्रो खेलमा इटाली र अष्ट्रिया भिड्दै छन् ।

नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९:४५ बजे शुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।

डेनमार्क समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । डेनमार्क समूह चरणमा फिनल्याण्ड र बेल्जियमसँग पराजित भएको थियो भने अन्तिम खेलमा रुसलाई हराएको थियो ।

वेल्स भने समूह चरणको पहिलो खेलमा स्वीट्जरल्यान्डसँग बराबरीमा रोकिएकोमा  दोस्रो खेलमा टर्की र तेस्रो खेलमा इटालीलाई हराउदै अन्तिम १६ मा पुगेको हो ।

डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ ।

आजै राति इंग्ल्यान्डमा इटाली र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल राति १२:४५ बजे हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

इटाली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले टर्की, स्वीट्जरल्यान्ड र वेल्सलाई हराउँदै अन्तिम १६ मा पुगेको हो ।

अष्ट्रियाले  नर्थ म्यासेडोनिया र  युक्रेनलाई पराजित गरेको थियो भने नेदरल्यान्ड्ससँग हारेको थियो । इटाली र अष्ट्रियाबीच अहिलेसम्म भएका १३ खेलमा इटालीले एक खेल पनि हारेको छैन ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ६ : २६ बजे

६ सय बाँदर मारेको अभिव्यक्तिपछि सांसद धुर्वराज राईविरुद्ध प्रहरीमा जाहेरी

भोजपुर – प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका सांसद धुर्वराज

भारतसँग नेपालको समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ उठाएको छुः सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका

बिपी राजमार्ग : रातको समयमा अनिश्चितकालीन बन्द थप

काभ्रेपलाञ्चोक– बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन