सानदार जित निकाल्दै डेनमार्क युरोकपको क्वाटरफाइनलमा « Khabarhub

सानदार जित निकाल्दै डेनमार्क युरोकपको क्वाटरफाइनलमा


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको प्रि-क्वाटरफाइनलको पहिलो खेलमा १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो ।

नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम महेले र मार्टिन ब्रेथवेटले एक एक एक गोल गरे ।

खेलको २७ औं मिनेटमा डोलवर्गले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा सुरुवातमै डोलवर्गले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाए । वेल्सका निको विलियम्सले क्लियर गरेको बल नियन्त्रणमा लिदैं उनले ४८ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ८८ औं मिनेटमा महेलेले गोल गर्दै डेनमार्कलाई ३-० को अग्रता दिलाए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको अन्तिम समयमा मार्टिनले गोल गर्दै डेनमार्कलाई ४-० को सानदार जित दिलाएका हुन् ।

यो जितसँगै डेनमार्क जारी युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।

यस अघि डेनमार्क समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । वेल्स समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

पछिल्लो संस्करणमा वेल्स सेमिफाइनलसम्म पुगेको थियो । तर यस पटक प्रि क्वाटरफाइनलबाटै विदा भएको छ । डेनमार्कले २०१२ को युरोकपमा समूह चरण पार गर्न सकेको थिएन भने २०१६ मा छनोट चरण नै पार गर्न असफल भएको थियो ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ११ : ४८ बजे

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित