देउवाले डाके कांग्रेस पदाधिकारी बैठक, क्रियाशील सदस्यता विवाद सुल्झाउने तयारी « Khabarhub

देउवाले डाके कांग्रेस पदाधिकारी बैठक, क्रियाशील सदस्यता विवाद सुल्झाउने तयारी


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधकारी बैठक डाकेका छन् ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा क्रियाशील सदस्यता विवादको विषय छलफल हुने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

क्रियाशील सदस्यता लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्म दिएको समयावधि बढाएर १७ गतेसम्म पुर्‍याएको कांग्रेसले त्यसअघि नै विवाद मिलाउन देउवाले अग्रसरता लिएका हुन् ।

केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले उजुरीबारे अध्ययन गरिरहेका बेला सम्भव भएसम्म विवाद मिलाएर महाधिवेशन केन्द्रित अरू कार्यक्रम अघि बढाउने देउवाको तयारी छ ।

८ लाख क्रियाशील सदस्य रहेको कांग्रेसमा १० लाख क्रियाशील सदस्य बनाउन खोज्दा विभिन्न जिल्लाबाट उजुरी परेका छन् । ४२ जिल्लाबाट ठूलो संख्यामा उजुरी आएको छ ।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ८ : ५५ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका