अस्थिरता चाहनेहरुले चुनावको विरोध गरिरहेका छन् : अध्यक्ष थापा | Khabarhub Khabarhub

अस्थिरता चाहनेहरुले चुनावको विरोध गरिरहेका छन् : अध्यक्ष थापा


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले चुनावको विरोध गर्नेहरुले अस्थिरता चाहेको आरोप लगाएका छन् ।

उनले आज सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै हालको अस्थिरता र संकट समाधानको सहज,प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव नै भएको जिकिर गरेका छन् ।

अध्यक्ष थापाले प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउनका लागि नभई बिदेशीलाई ’कम्फर्टेबल’ सरकार बनाईदिन लागि परेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘हालको अस्थिरता र संकट समाधानको सहज, प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव हो । प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होईन, बिदेशीलाई ‘कम्फर्टेबल’ सरकार बनाई भ्रष्टाचार,सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेका छन् ।’

उनले संविधानको धारा ७६-५ लाई निर्दलीय आधारमा ब्याख्या गर्न नुहने पनि बताएका छन् ।

विद्यमान चुनावी प्रणालीको कारण एउटै दलले पूर्ण बहुमत पाउने सम्भावना कम भएकाले संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भएमा भविष्यमा फ्लोरक्रस, पार्टी विभाजन,अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुने पनि बताए ।

उनले भनेका छन्, ‘विद्यमान चुनाव प्रणालीको कारण साधारणतया एउटै दलले पूर्ण बहुमत पाउने सम्भावना कम छ । त्यस अवस्थामा संविधानको धारा ७६(५)लाई निर्दलीय आधारमा प्रयोग गर्न पाईने नजिर कायम भयो भने भविष्यमा फ्लोरक्रस, पार्टी विभाजन, अपवित्र गठबन्धन र अस्थिरता नियमित र वैधानिक हुनेछ । के संविधानको आशय त्यही हो?’

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : २५ बजे

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका