सशस्त्रको सीसीएसी तालिम सम्पन्न, कृष्णकुमार बस्नेत बने सर्वोत्कृष्ट | Khabarhub Khabarhub

सशस्त्रको सीसीएसी तालिम सम्पन्न, कृष्णकुमार बस्नेत बने सर्वोत्कृष्ट


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सञ्चालित सि.सं. २६ गुल्मपति तथा स्टाफ (सीसीएससी) तालिम सम्पन्न भएको छ ।

सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोकमा आयोजित उक्त तालिमको आइतबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले समापन गरेका हुन् । उक्त तालिममा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी निरीक्षक कृष्णकुमार बस्नेतलाई उनले पुरस्कार तथा सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे ।

महानिरीक्षक खनालले उक्त तालिम सफलतापूर्वक सम्पन्न गराउन विशेष भूमिका निर्वाह गरेकोमा सो तालिमका प्रशिक्षकहरुलाई समेत प्रशंसापत्र प्रदान गरे । सो अवसरमा उनले राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा पूर्ण व्यावसायिक भइ जिम्मेवारी निर्वाह गर्न सक्ने अनुशासित, कर्तव्यनिष्ठ, नैतिवान, दक्ष र कुशल नेतृत्व क्षमतायुक्त अधिकृत उत्पादनका लागि संगठनले विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आईरहेको उल्लेख गरे । यस्ता तालिमले अधिकृतहरुको बृत्ति विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।

महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान, कला कौशललाई उपयोग गर्दै कार्यक्षेत्रमा खटिँदा आफू मातहतकालाई समेत व्यावसायिक बनाई सामूहिक भावनाकासाथ कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गरे । उनले आफूले सिकेको ज्ञानलाई कर्तव्यनिष्ठ भई इमान्दारितापूर्वक कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।

१२ हप्ता अवधिको सीसीएससी तालिममा २७ जना सशस्त्र प्रहरी निरीक्षकहरु सहभागी भएका थिए । सो तालिममा शोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक रञ्जन बस्नेत उत्कृष्ट बने । उक्त तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको व्यवस्थापन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विषयविज्ञबाट प्रशिक्षण प्रदान गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी., सो प्रतिष्ठानका कार्यकारी निर्देशक लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १० : ०० बजे

सहकार्यतिर विप्लव, जनार्दन र घनश्याम : वाम ध्रुवीकरणदेखि नयाँ पार्टी निर्माणसम्मै पुग्ने

काठमाडौं- नेकपा माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादी

अहिले देशमा निर्वाचनको वातावरण बन्न नसके पनि एकदिन निर्वाचन हुनै पर्छ : विप्लव

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्टहरुलाई

अर्थमन्त्रीले भने- राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छ

वीरगञ्ज– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग

लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीलाई मल्लको आग्रह 

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी,

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु

लमजुङ– लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ