प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदक पक्षका वकिलको बहस सकियो « Khabarhub

प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदक पक्षका वकिलको बहस सकियो


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार रिट निवेदक पक्षका वकिलहरूको बहस सकिएको छ ।

संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन पक्षका वकिलहरूले आज बहस सकाएका हुन् ।

प्रतिनिधिसभाका १४६ जना सांसदले हालेको उक्त मुद्दामा बहस गर्न रिट निवेदक पक्षका वकिललाई १२ घण्टाको समय दिइएको थियो । उक्त समयमा रिट निवेदक पक्षका २५ भन्दा बढी अधिवक्ताहरूले बहस गरेका छन् ।

उनीहरूले संसदका बहुमत सदस्यहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेको आरोप लगाउँदै नियुक्तिका लागि आदेश दिन माग गरेका छन् ।

आइतबार बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतिसकृष्ण खरेल, अधिवक्ता भीमार्जुन आचार्य आदिले बहस गरेका थिए।

देउवाका वकिलले थप तीन घन्टा जवाफी बहस गर्न पाउने छन् । त्यस्तै एमिकस क्युरीका लागि २ घण्टा समय तोकिएको छ । सोमबारदेखि सरकार पक्षका वकिलको बहस सुरू हुनेछ । सरकार पक्षबाट महान्यायाधीवक्तासहित ११ अधिवक्ताले बहस गर्नेछन् ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ५ : ०९ बजे

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)

काठमाडौँ– नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाण्डौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलि (आइतबार) देखि

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

आज विश्व शरणार्थी दिवस मनाइँदै, शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– आज विश्व शरणार्थी दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रम

फिफा विश्वकप : टर्कीविरुद्ध पाराग्वेको जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा