प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदक पक्षका वकिलको बहस सकियो « Khabarhub

प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदक पक्षका वकिलको बहस सकियो


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार रिट निवेदक पक्षका वकिलहरूको बहस सकिएको छ ।

संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन पक्षका वकिलहरूले आज बहस सकाएका हुन् ।

प्रतिनिधिसभाका १४६ जना सांसदले हालेको उक्त मुद्दामा बहस गर्न रिट निवेदक पक्षका वकिललाई १२ घण्टाको समय दिइएको थियो । उक्त समयमा रिट निवेदक पक्षका २५ भन्दा बढी अधिवक्ताहरूले बहस गरेका छन् ।

उनीहरूले संसदका बहुमत सदस्यहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेको आरोप लगाउँदै नियुक्तिका लागि आदेश दिन माग गरेका छन् ।

आइतबार बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतिसकृष्ण खरेल, अधिवक्ता भीमार्जुन आचार्य आदिले बहस गरेका थिए।

देउवाका वकिलले थप तीन घन्टा जवाफी बहस गर्न पाउने छन् । त्यस्तै एमिकस क्युरीका लागि २ घण्टा समय तोकिएको छ । सोमबारदेखि सरकार पक्षका वकिलको बहस सुरू हुनेछ । सरकार पक्षबाट महान्यायाधीवक्तासहित ११ अधिवक्ताले बहस गर्नेछन् ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ५ : ०९ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका