पूर्वमन्त्री कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

पूर्वमन्त्री कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले बहराइनको लागि राजदूतमा सिफारिस भएका युवराज कार्कीलाई नियुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

राजदूत नियुक्तिका लागि कार्कीको योग्यता नपुगेको भन्दै निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

उनलाई वैशाख २५ गते राजदूतमा नियुक्तिका लागि सरकारले सिफारिस गरेको थियो । प्रतिनिधिसभा विघटन भएकाले उनको संसदीय सुनुवाइ नभई नियुक्तिको तयारी भएका बेला अदालतले रोक लगाएको हो ।

कार्की पूर्वमन्त्री भएकाले मन्त्री भइसकेको व्यक्तिको हकमा स्नातक उपाधी हासिल गरेको हुनु पर्ने भन्ने निर्देशिकालाई अदालतले अस्वीकार गरेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका कार्की २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा पूर्वसामान्य प्रशासन मन्त्री भएका थिए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ६ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै