लुकाएर चुरोट लैजाने ८ चिनियाँ नागरिकको भिसा रद्द « Khabarhub

लुकाएर चुरोट लैजाने ८ चिनियाँ नागरिकको भिसा रद्द


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलवर्न–लुकाएर चुरोट लैजाने ८ जना चिनियाँ नागरिकका भिसा अस्ट्रेलियाले रद्द गरेको छ ।

अस्ट्रेलियाको मेलवर्न अन्तर्राष्ट्रिय विमानस्थलमा लुकाएर ठुलो परिणाममा चुरोट आयात गरेको आरोपमा ८ चिनिँया नागरिकको भिसा रद्द गरिएको हो ।

गत मे ६ मा हङ्गकङ्ग हुँदै मेलर्वन प्रस्थान गरेका ८ जनाको समुहले चुरोट लगेजमा लुकाएर अस्ट्रेलिया भित्रिने प्रयास गरेको अस्ट्रेलियन बोर्डर फोर्सले जनाएको छ ।

उनीहरुले झण्डै १ लाख ७० हजार अस्ट्रेलियन डलर बराबरको चुरोट लुकाएरै त्यहाँ सम्म पुर्‍याउने प्रयास गरेका थिए ।

पर्यटक भिसामा अष्ट्रेलिया पुगेका उनीहरुलाई पक्राउ गरी भिसा रद्द गर्नुका साथै स्वदेश फर्काउन अध्यागमन थुनुवा केन्द्रमा राखिएको छ ।

नेपालबाट अस्ट्रेलिया जानेले पनि यो घटनाबाट पाठ सिक्नुपर्ने अस्ट्रेलियामा बसेका नेपालीहरुले बताएका छन् ।

विभिन्न बहानामा स्वघोषणा नगरी लुकाएर सामान लैजाँदा समस्या पर्ने भएकाले अस्ट्रेलियाको यात्रामा रहने जो कोहीले अवैध भनिएका र लुकाएर लैजाने सामानको बढी निगरानी हुने कुरालाई ख्याल गर्न सुझाव दिएका छन् । यस्तो अवस्थामा अस्ट्रेलियन अध्यागमले फेला पारे सोझै भिसा रद्द गर्ने र स्वदेश फर्काउने गरेको छ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ८ : ५४ बजे

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई